Headlines News :
fb
Home » » फ्रान्सलाई हराउदै जर्मनी सेमीफाइनलमा

फ्रान्सलाई हराउदै जर्मनी सेमीफाइनलमा

रियो डे जेनेरिया (एएफपी)- जर्मनी विश्वकप २०१४ को सेमिफाइनल पुग्ने पहिलो टिम भएको छ । म्याट्स ह्यमेल्सको निर्णायक गोलमा जर्मनीले शुक्रबारको पहिलो सेमिफाइनलमा फ्रान्सलाई १-० ले पराजित गर्न सफल रह्यो । जर्मनी विश्वकपको अन्तिम चारमा पुगेको यो लगातार चौथो पल्ट हो ।
पूर्व विश्वकप विजेता जर्मनी यस्तो उपलब्धी हात पार्ने पहिलो टिम हो ।

यस्तै जर्मनी विश्वकपको सेमिफाइनल पुगेको यो १३ औं पल्ट हो । अब जोचिम लोको टिमले सेमिफाइनलमा ब्राजिल र कोलम्बियाबीचको खेलको विजेतासँग खेल्नेछ । खेलको निर्णायक गोल १३ औं मिनेटमा सम्भव भएको थियो र यो सेट-पिसमा निस्केको थियो । टोनी क्रुसको सटिक फ्रि-किकमा ह्युमेल्सले हेडबाट गोल गर्दै जर्मनीलाई जित दिलाएका हुन् ।

यसपल्टको विश्वकपमा बोर्सिया डर्टमन्ड डिफेन्डर ह्युमेल्सको यो दोस्रो व्यक्तिगत गोल हो । सन् २००२ को विश्वकपयता जर्मनीले हेडबाट कीर्तिमान १५ गोल गरिसकेको छ । सन् १९९८ को विश्वकप विजेता फ्रान्सको यस हारसँगै प्रतियोगितामा चुनौती समाप्त भएको छ । चार वर्ष अगाडि दक्षिण अफ्रिकामा भएको विश्वकपमा आपसी कलहबीच खराव प्रदर्शन गरेको फ्रान्स यसपल्ट जर्मनीविरुद्धको क्वाटरफाइनलमा निर्णायक आक्रामक बुन्न सकेन् ।

दोस्रो हाफमा प्रशिक्षक डिडिएर डेसक्यापको फ्रान्सले आक्रमणको गति भने बढाएको थियो । फ्रान्सले विश्वकप इतिहासमा प्रत्येक पल्ट नकआउट चरण प्रवेश गरेयता कम्तीमा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । तर यसपल्ट भने फ्रान्सले यो क्रमलाई कायम राख्न सकेन् । जर्मनीले भने नियमित अन्तरमा आक्रमणको अवसर सिर्जना गरिरहेको थियो ।

प्रशिक्षक लोले फरवार्ड मिरोस्लाभ क्लोजलाई स्टार्टिङ लाइनअपमा मौका दिएपनि उनी कीर्तिमानी गोल गर्न सफल रहेनन् । जर्मन गोलरक्षक म्यानुएल नोयाले आफ्नो देशका लागि ५० औं क्याप जिते र फ्रान्सका आक्रमणलाई उत्कृष्ट बचाउसँग असफल पनि तुल्याए । इन्ज्युरी समयमा करिम बेन्जेमाको शक्तिशाली प्रहारलाई नोयाले जोगाएका थिए ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar