काठमाडौं, श्रावण १ । स्पेनिस फुटबल क्लब रियाल मड्रिड संसारको सबैभन्दा मूल्यवान क्लब बनेको छ । अमेरिकी पत्रिका ‘फोब्र्स’ले सार्वजनिक गरेको रिपोर्टअनुसार संसारको सबैभन्दा मूल्यवान क्लबहरुको सूचीमा रियाल मड्रिडले अग्रता लिएको हो ।
रियाल मड्रिको हालको मूल्य ३ बिलियन ४४ मिलियन अमेरिकी डलर मूल्यांकन गरिएको छ ।
यसैगरी, दोस्रो स्थानको बार्सिलोनाको सम्पति ३ बिलियन २ मिलियन डलर रहेको छ भने तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई २ बिलियन ८१ मिलियन अमेरिकी डलर बराबरको मूल्यांकन गरिएको छ ।
धनी क्लबको सूचीको चौथो स्थानमा अमेरिकी बास्केटबल क्लब न्युयोर्क याङ्कीज परेको छ ।
यसैगरी, अमेरिकी एनएफएल क्लब डालस काउ ब्वाइज पाँचौ स्थानमा परेको छ । फोब्र्सले क्लबहरुको हालको सम्पति, ऋण, प्रायोजन सम्झौता लगायतको मूल्यांकनबाट हरेक वर्ष संसारकै मूल्यवान क्लबहरुको सूची तयार पार्दै आएको छ । (एजेन्सी)
fb