इलामः रक्सी चाख्ने क्रममा बेहोस भएका इलाम चुलाचुली–६ का एक बालकको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको छ। रक्सी खाएर बेहोस भएका रामबहादुर राईका छ वर्षीय छोरा अभिषेक राईको लाइफलाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो।
घर नजिकै खेल्न गएकाबेला बुधबार स्थानीय विष्णु राईले घरमा पकाउँदै गरेको रक्सी बालकलाई चाख्न दिएकी थिइन्। रक्सी चाखेपछि एक्कासि रिङ्गटा लागेर रन्थनिएका अभिषेक आफ्नो घरमा पुगेर बेहोस भई भुइँमा लडेका थिए।
बेहोस भएर लड्ने बित्तिकै उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल विराटनगर लगिएको थियो। तर अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो बालकको मृत्यु भएको चुलाचुलीस्थित पेल्टिमारी प्रहरी चौकीले जनाएको छ। बालकको मृत्युपछि रक्सी खुवाउने विष्णु राईलाई प्रहरीले पक्राउ गरेको छ।
बालकको शव परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। रासस