Headlines News :
fb
Home » » अब पुरुषहरुको लिङ्गको पनि बिमा

अब पुरुषहरुको लिङ्गको पनि बिमा

(एजेन्सी)– प्रचारको नाममा क्यानडाको एक बिमा कम्पनीले एउटा नयाँ योजनाको लागु गरेको छ । कम्पनीले आफ्ना पुरुष ग्राहकहरुका लागि ५० हजार डलरको लिङ्ग बिमा पोलिसी बेचिरहेको छ । माफ गर्नुहोला, कम्पनीको तर्फबाट भनिएको छ कि महिलाहरुका लागि यस्तो प्रकारको कुनै पनि बिमा योजना उनीहरुसँग छैन । यो बिमा योजना १५ मार्चबाट सुरु भइरहेको छ । यो योजनाका अनुसार जो पुरुष युएनडीजेड अन्डरवेयरलाई तीन वा त्यो भन्दा बढि कम्पनीको वेभसाइटमार्फत किन्दछन् भने कम्पनीले यस्ता मानिसहरुलाई लायड्सको लण्डन इन्स्योरेन्स पोलिसी दिनेछन् । यो बिमा पोलिसीको राशि –५० हजार डलर– त्यतिबेला पाइन्छ जब कुनै ग्राहकका अंग उनीहरुको शरिरबाट अलग हुने गर्दछ । एक प्रेस विज्ञप्तीमा युएनडीजेडका संस्थापक बर्नार्ड डोरेका अनुसार मानिस आफ्नो कार, कुकुर, घर, जमिन र जीवनको बिमा गराउन सक्छन् भने उनको लिंगको बिमा किन गर्न सक्दैनन् ? उनी भन्छन्, ‘मैले सोचेँ कि यो निकै विचित्रको कुरा हो । युएनडीजेड संसारका सबै पुरुषहरुलाई यो अभियानमा संलग्न गराई आफ्नो मूल्यवान सम्पत्तिको रक्षा गर्नका लागि संसारको उत्कृष्ट बिमा कम्पनीको सहयोग पाएको कम्पनी निकै खुसी छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar