पोखरा, आषाढ १७ । पोखराको लेकसाइडस्थित गौरीघाटमा बाबुराम लामिछानेको पुरानो घर भत्काउने क्रममा दुईजना मजदुरको च्यापिएर मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्सा जिल्ला घर भई पोखरा बस्दै आएका ३२ वर्षीय मनहोर दास र ३५ वर्षीय हरिनन्दन भण्डारी रहेका छन् । पुरानो घरको रड काटेर बीम तान्न डोरी लगाउने क्रममा बीमले च्यापेर उनीहरुको मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी, सेना, र स्थानीयले उद्धार गरेका थिए । घाइते भएकाहरुको भने हात र खुट्टामा सामान्य चोट लागेको छ ।