Headlines News :
fb
Home » » दस हजार हराएको पीडाले आत्महत्या

दस हजार हराएको पीडाले आत्महत्या

बझाङ : दौलीचौर गाविस ८ खरेना घरभएकी ४० वर्षिय डल्लीदेवी बिकले बिहीबार राती दस हजार हराएको पीडा सहन नसकेपछि शुक्रबार बिहान चैनपुरको बाहुलीगाड खोलामा आत्महत्या गरेकी छन्।

पैसा हराएको पीडाले डल्लीले एकाएक मृत्यु रोजेपछि उनको परिवार शोकाकुल भएको छ। बिहीबार बिहान घरबाट सदरमुकाम चैनपुर आएकी डल्लीले चैनपुर नजिकै खैरा भन्ने ठाँउमा श्रीमानसँग भएको पैशा 'रक्सी खाएर सक्छौ होला' भन्दै आफुसँग राखेकी थिइन्।

राती नौ बजे चैनपुरको एउटा होटलमा श्रीमान्श्रीमतीले खाना खाएर पैसा दिन खोज्दा उनको चोलीको खल्तीबाट पैसा कता खसेको रहेछ उनले पतै नपाएपछि श्रीमान् श्रीमती स्तब्ध भएका थिए। ' हामीहरू राती आधाबाटो सम्म पैसा खोज्न गएका थियौं, मृतका श्रीमान् जलाती बिकले भने, ' बिहानपख म सुतिरहेको थिए, उनी खोलामा आएर पो हाम फालेकी रहेछन्।' श्रीमान् बिक श्रीमतीले आत्महत्या गरेको खबर सुनेपछि छाँगाबाट खसेजस्तै भए।

बिकले भने, 'उनी रातभरी हे भगमान यस्तो के भयो भन्दै रूदै थिइन्। पिडा सहन नसकेर आफ्नो हातबाट गल्ती भएको सम्झेर यस्तो गरिन होला। मैले राती जे भयो भै हाल्यो भनेर सम्झाएको पनि थिए।'

बिहान बाहुलीगाडको बीचखोलामा उनको लास ढुंगामा अड्किएको थियो। प्रहरीले खोलाबाट निकालेको बेवारिसे लास बिकले आफ्नी श्रीमती भएको बताएपछि सनाखत गरिएको थियो।

'घरबाट आउँदा १० हजार सापटी निकालेर ल्याएको हो, बिकले भने, ' यो पैसाले उनको पनि जिल्लामा उपचार गर्ने योजना थियो। डल्लीलाई पेटको समस्या थियो। अनि छोराछोरीको कापीकिताब स्कुल ड्रेस किन्ने सल्लाह गरेका थियौं। तर अब पैशा मात्रै होइन, डल्ली पनि गुमाउनुप:यो।'

लासको पोष्टमार्टम गरेर आफ न्तहरूले शुक्रबार नै दाहासंस्कार गरेको प्रहरी नायब उपरीक्षक हिरा बहादुर पाण्डेले जानकारी दिए। पाण्डेले भने, ' पैसा हराएको कुरा उनीहरूले हामीसँग पनि खबर दिएका थिए। त्यसपछि खोजबिन गरेका थियौ। ' डल्लीका दुई छोराछोरी छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar