Headlines News :
fb
Home » » चुरोटले ज्यान ज्यान लिएको मुद्दामा श्रीमतीलाई २३ अर्ब डलर क्षतिपुर्ती

चुरोटले ज्यान ज्यान लिएको मुद्दामा श्रीमतीलाई २३ अर्ब डलर क्षतिपुर्ती

वासिङ्टन : अमेरिकाको फ्लोरिडास्थित एक अदालतले देशको ठूलो चुरोट कम्पनीलाई फोक्सोको क्यान्सरबाट मृत्यु भएका व्यक्तिका पत्नीलाई २३.६ अर्ब डलर क्षतिपूर्ति दिन आदेश दिएको छ। आरजे रेनोल्ड्स नाम गरेको यो कम्पनीले यो रकमबाहेक १६.८ मिलियन डलर पनि क्षतिपूर्ति तिर्नुपर्नेछ।

सन् २००८ मा सिन्थिया रोबिन्सन नाम गरेकी एक महिलाले उक्त चुरोट कम्पनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। धूम्रपानको कारण आफ्नो पतिको निधन भएको भन्दै उनले क्षतिपूर्ति मागेकी थिइन्। कम्पनीको एक अधिकारीले अदालतको फैसला निष्पक्ष नभएको तथा तर्कसंगत नभएको बताएका छन्। यो फ्लोरिडाकै इतिहासमा गलत तरिकाले मृत्यु भएको घटनामा तिराएको सबैभन्दा ठूलो जरिबाना हो। कम्पनीले अदालतको यो फैसलाविरुद्ध अपिल गर्ने योजना बनाएको छ।

चार साता लामो अदालतको कारबाहीका क्रममा रोबिन्सनका वकिलले आरजे रेनोल्ड्सले धूम्रपानबाट हुने खतराबारे उपभोक्तालाई जानकारी गराउनेमा लापरबाही गरेको आरोप लगाएका छन्। वकिलले भनेका थिए, 'कम्पनीको लापरबाहीको कारण सिन्थिया रोबिन्सनका पति माइकल जोनसनको सन् १९९६ मा मृत्यु भएको थियो। उनलाई धेरै चुरोट पिएको कारण क्यान्सर लागेको थियो।'
होटेलका बसचालक माइकलको ३६ वर्षको उमेरमा निधन भएको थियो। उनी १३ वर्षको उमेरदेखि दैनिक एकदेखि तीन बट्टासम्म चुरोट खान्थे। वकिलले भनेका थिए, 'माइकललाई चुरोटमा नराम्रो लत लागेको थियो। उनले छोड्नै सकेन र उनले मृत्यु भएको दिनसमेत चुरोट पिइरहे।' लामो बहसपछि फ्लोरिडाको इजलासले चुरोट सेवनकै कारण माइकलको निधन भएको निष्कर्ष सुनायो। उक्त आरजे रेनोल्ड्स कम्पनीले क्यामेल, विन्स्टन, पाल मललगायत चुरोट उत्पादन गर्छ। - एजेन्सी
Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar