विराटनगर, साउन ४ – श्रीमती र भाइको कुटाइबाट गम्भीर घाइते झापा जुरोपानीका एक जनाको शनिबार साँझ ज्यान गएको छ ।
जुरोपानी २ का ५० वर्षका कजवा भन्ने गौरलाल सरबरियाको आफ्नै श्रीमती र भाइको कुटाईबाट ज्यान गएको हो । साउन २ गते मादक पदार्थ सेवन गरी घरमा आएको अवस्थामा विवाद हुँदा गौरलाललाई भाइ अनिल र श्रीमतीले कुटपीट गरेको प्रहरीले जनाएको छ ।
कुटाइपछि घाइते सरबरियालाई उपचारका लागि गौरीगञ्चको क्लनिकमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर ल्याउने क्रममा बाटोमा नै ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कुटपिटमा संलग्न दुबैजनालाई प्रहरीले पक्रेको छ ।
fb