३२ असार, काठमाडौं । हालै सम्पन्न विश्वकप फुटबलको फाइनलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक ‘हिरो’ बनायो।
यिनै मारियोले नेपालमा पढ्न नपाएका बालबालिकाका लागि गररहेको लगानीबारे धेरैलाई थाहा छैन। मारियोले तीन महिनायता पश्चिम नेपालका मुक्त कमलरी बालबालिकालाई पढ्न सहयोग गरिरहेका छन्।अाजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीलाई पढाउने र सीप सिकाउने प्लान नेपालको परियोजनामा उनले सघाइरहेका छन्। ‘कमलरी समस्या सुनेपछि उहाँ प्लानमार्फत नेपालमा बालबालिकाका लागिस सहयोग गर्न तयार हुनुभएको हो,’ प्लान नेपालका सञ्चार संयोजक श्रीराम केसीले भने । ‘
प्लान नेपालले सञ्चालन गर्ने परियोजनालाई धरै जर्मन नागरिकले सहयोग गरिरहेका छन्। जर्मनीमा आयोजित छलफलमा प्लानका अधिकारीले मारियोसहित धेरै सहयोगीसमक्ष कमलरीको समस्या सुनाएका थिए। त्यसैबेला मारियोले सहयोग गर्ने इच्छा देखाएका थिए । त्यसैबेला मारियोले सहयोग गर्न इच्चा देखाएका हुन् ।
मारियोसिहत अन्य जर्मन दाताको सहयोगमा मुक्त कमलरी बालिकालार्इ स्कुल पढाउने, बढी उमेरकालार्इ सीप सिकाउने तथा टुहुराका लागि होस्टेलमै राखेर पढाउने कार्यक्रम सञ्चालन गरिएको छ । मारियोले भियतनाम, कम्बोडिया र सेनेगलका तीन बालिकालार्इ अाफ्नै खर्चमा पढाउँदै अाएका छन् ।
fb