Headlines News :
fb
Home » » लेवनानबाट इजरायलको उत्तरी क्षेत्रमा पुन: २ वटा रकेट प्रहार

लेवनानबाट इजरायलको उत्तरी क्षेत्रमा पुन: २ वटा रकेट प्रहार

आइरन डोम खेलौना प्रमाणित : हमास प्रवक्ता
(अन्तराष्ट्रिय एजेन्सीको सहयोगमा) इजरायली प्रतिरक्षा सेनाले इजरायलको उत्तरी भागमा शनिवार राती प्रहार गरिएका दुई वटा रकेट लेवनानबाट प्रहार गरिएको पु्ष्टी गरेको छ । रकेट नहारियाको खुल्ला ठाउँमा विस्फोट भएको थियो । रकेट प्रहार गरिएपछी नहारिया, श्लोमी र रोश हानिक्रा क्षेत्रमा साइरन बजेको थियो । विस्टफोनबाट कुनै जनधनको क्षेति नभएको बताइएको छ ।

 त्यस्तै इजरायली सुरक्षा वलले जवाफ स्वरुप रकेट प्रहार गरिएको दिशामा फायरिङ गरेको छ । शुक्रवार विहान पनि इजरायलको उत्तरी भेगमा रहेको अपर ग्यालेलीमा रहेको गाउँमा एउटा रकेट प्रहार गरिएको थियो । उक्त रकेट लेवनानको लडाकु समुह हिज्वुल्लाले गरेको नभई लेवनानमा रहेको सानो कट्टरपन्थी संगठनद्वारा गरिएको लेवनान सरकार रक्षा मन्त्रालय अन्तरगत राजनितिक सुरक्षा मामिलाका निर्देशक अमोस गिवाडलाई उदृत गर्दै इजरायली टेलिभिजन च्यानल २ ले जनाएको छ । यसअघि हमासको अग्रिम चेतावनी पश्चात शनिवार साझँ तेलअभिव क्षेत्रमा लामो दुरीको शक्तिशाली रकेट J-80 प्रहार गरिएको थियो भने आइरन डोमले उक्त क्षेत्रको आकशमै निस्क्रिय गरेको थियो । इजरायल प्रतिरक्षा सेनाले ३ वटा रकेट त्यस क्षेत्रमा निस्क्रिय गरेको पुष्टी गरेको छ ।

 रकेट प्रहार भएपश्चात तेलअभिव लगायत वरपरका शहरहरु रमतगान, रमात हास्रोन, वेनयी वराक, गिभाताइममा रेड अलर्ट साइरन बजेको थियो । रखोवोतमा एक जना सामान्य घाइते भएको इजरायल प्रहरीले जनाएको छ । हमासका प्रवक्ता सामी समु अवु जुह्रीले इजरायलको तेलअभिव क्षेत्रमा J-80 रकेट प्रहार गरेपश्चात इजरायलको आइरन डोमलाई खेलौना प्रमाणित गरिदिएको बताउदै त्यसको प्रभावलाई टुक्रा टुक्रा पारिदिएको बताएका छन् । अप्रेसन प्रोटेक्टिभ एज शुरुभए यता गाजापट्टीबाट प्रहार भएका रकेटहरु मध्ये १४३ वटा आइरन डोम सिस्टमले निस्क्रिय गरेको छ भने ६०५ रकेट खुल्ला ठाउँमा खसेको इजरायली प्रतिरक्षा सेनाले जनाएको छ ।. त्यस्तै इजरायली सेनाले Operation Protective Edge शुरु गरेको पाचौं दिनसम्म आइपुग्दा गाजापट्टीमा ६३२ वटा रकेट लञ्चर, १३० वटा सैन्य आधार, १०६ वटा आदेश तथा नियन्त्रण पूर्वाधार र २२ वटा सुरुङहरु गरी १२२० वटा लक्ष्यहरुमा आक्रमण गरिसकेको बताइएको छ । जसबाट हालसम्म १३० भन्दा वढिप्यालेस्टेनीहरु मारिएका छन् भने ९५० भन्दा वढिको संख्यामा घाइते भएको प्यालेस्टेनी स्वास्थ्य मन्त्रालयलाई उद्त गर्दै इजरायली संचारमाध्यमहरुले जनाएका छन् । मन्त्रालयले मारिनेहरुमा १७ बर्षसम्मका वालवालिकाहरु पनि रहेको बताइएको छ । @ nepalisrael
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar