Headlines News :
fb
Home » » भैसीले मान्छेजस्तो पाडो जन्माएपछि….

भैसीले मान्छेजस्तो पाडो जन्माएपछि….

बाजुरा, साउन ६ –बाजुराको कैलाशमाण्डौमा भैसीले मान्छेको जस्तो टाउको र अनुहार भएको पाडो जन्माएको छ । कैलाशमाण्डौ गाविस वडा नं ५ झालगाउमा स्थानिय गंग बहादुर साउदले पालेको भैसीले मान्छे जस्तो टाउको र अनुहार भएको पाडो जन्माएको हो । मंगलबार विहान जन्मेको उक्त पाडो जन्मेको १० मिनेट पछि मरे पनि विहानैदेखि उक्त पाडो हेर्नेको भिडभाड लागको छ।

टाउको मान्छेकै जस्तो, हात खुटटा कछुवाको जस्तो, भुडी गणेश भगवानको जस्तो भएको र पिठ्युमा पुच्छर भएको उक्त पाडो जन्मीए पछि स्थानिय दंग परेका छन् । भैसीले मान्छे आकृतिको पाडो जन्माए पछि भैसीका मालिक भने अशुभ हुने भन्दै त्रशित भएको स्थानिय शिवनाथ योगीले जानकारी दिए । यता जिल्ला पशु सेवा कार्यालय कार्यालय प्रमुख योगेन्द्रप्रसाद कर्णले उक्त भैसीमा विजारोपण पश्चात उसको डिम्व विभाजन भै कुनै कारण बस सम्पूर्ण अंगको पूर्ण विकास नभएको अवस्थामा त्यस्तो फरक आकृति निमार्ण भएको हुन सक्ने बताएका छन ।

 गर्भासयमा भएको अवस्थामा पाडोमा कुनै असरले पनि पूर्ण विकासमा बिकृति देखा परेको हुन सक्ने भएकाले त्यसमा कुनै डराउनु पर्ने अवस्था नरहेको उनले बताए । यस्तो जन्मिएमा असुभ हुन्छ भन्ने अन्धविस्वास स्थानीयमा रहेको भन्दै सो सोचाई गलत रहेको उनले बताए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar