.jpg)
श्रीमती छुमाको केही वर्षदेखि मानसिक सन्तुलन असामान्य भएको र श्रीमान् शिवरामले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीय सुरज विकले जानकारी दिए । घरमा आगो लागेपछि स्थानीयले आगो निभाउने क्रममा दम्पतीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरी प्रमुख दीपक रेग्मीले अहिलेसम्म घरायसी विवादको कारण घटना भएको पाइएको बताए । राउत दम्पतीका छोरा मैते राउत रोजगारीको सिलसिलामा भारतमा छन् ।
घरमा बुहारी मिनी र उहाँको छोरासहित दम्पती परिवार रहने भए पनि बुहारी माइत गएको समयमा घटना भएको स्थानीय कमला सुवेदीले बताए । रासस