नयाँ दिल्ली, असार ३ (एजेन्सी) – भनिन्छ ‘हाड नभएको जिब्रो कहिलेकाहीँ चिप्लिन्छ’, अहिले यही उखान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लागु भएको छ । भुटानको भ्रमणमा रहेका मोदीले भाषणको क्रममा गल्ती गरेपछि सोमबार सामाजिक सञ्जाल ट्वीटरमा उनको धेरै खिल्ली उडाइएको छ । सोमबार भुटानको संसदलाई सम्बोधन गर्ने क्रममा त्यहाँको राजपरिवारको तारिफ गर्ने क्रममा नेपाल भनेका थिए । प्रधानमन्त्री भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा रहेका मोदीले भाषणमा भनेका थिए, ‘म सबैभन्दा पहिले नेपाल ……………. भुटानको राजपरिवारलाई प्रजातान्त्रिक मान्यता र जनताको अधिकार सुनिश्चित गरेकोमा सम्मान व्यक्त गर्न चहान्छु ।’
यसरी भुटानको राजपरिवारलाई नेपालको राजपरिवार भन्दा उनी केही बेर अक्मकिएका थिए । त्यसपछि उनले फेरी भुटानलाई ‘लदाख’ भनेका थिए । उनको यो गल्तीलाई सबैले ध्यान दिइहाले र केही बेरमा यो ट्वीटरमा भाइरल बन्यो । #Bhutan #Nepal and #TravelTipstoModi निकै चर्चित बन्यो । जयेस सिन्धेले ट्वीट गर्दै भने, ‘आज मोदी नेपाल र भुटानसँग झुक्किए । आशा छ उनले संयुक्त राष्ट्रसंघ र बीआरआईसी समिटमा यस्तो गल्ती गर्दैनन् । मोदीले चुनावी प्रचारका क्रममा पनि यस्तै गल्ती गरेका थिए । मोदी साउनमा नेपाल भ्रमणमा आउँदैछन् । यसरी भुटानलाई आफ्नो पहिलो भ्रमण बनाउनुमा धेरैले यसलाई दक्षिण एसियामा भारतको प्रभाव बढाउने र चीनलाई टक्कर दिने रणनीति अन्तरगत भएको बताएका छन् ।