काठमाडौं, असार ५ – चीनबाट ल्याइएको लामो समयसम्म थन्किएर रहेको नेपाल वायुसेवा निगमको नयाँ जहाज नेपाली आकाशमा उडेको छ ।
चीनबाट इन्जिनियर आएर ‘लगबुक’मा हस्ताक्षर गरेपछि जहाज उडेको हो ।
चिनियाँ इन्जिनिएरले लगबुकमा हस्ताक्षर गरेपछि ५६ सिट क्षमताको एमए–६० जहाजको विहीबार परीक्षण उडान गरिएको हो । दिउँसो ४ बजे उडेको जहाज करिब एक घण्टा आकाशमा घुमेको थियो ।
सोमबार नै जहाजको परीक्षण उडान गर्ने तयारी गरिएको भएपनि जहाज उड्नु अगाडि इन्जिनियरले लगबुकमा हस्ताक्षर गर्न नमानेपछि उडान स्थगित भएको थियो । जहाजलाई शुक्रबार विभिन्न विमानस्थलमा परीक्षण उडान गर्ने तयारी रहेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।