रियो दि जेनेरियो : आयोजक ब्राजिलले विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा मंगलबार राति मेक्सिकोको सामना गर्ने भएको छ। पहिलो खेलमा क्रोएसियालाई ३-१ गोलले हराएको ब्राजिल र क्यामरुनलाई १-० गोलले पन्छाएको मेक्सिकोबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।उक्त खेल जित्ने टोली समूह 'ए' बाट अघिल्लो चरणमा पुग्ने भएकाले पनि दुवैका लागि खेलले विशेष महत्त्व बोकेको छ। सन १९६२मा आयोजित संस्करणआजकै दिन चेकोस्लोभाकियालाई फाइनलमा ३-१ गोलले हराएर ब्राजिलले जितेको थियो।
इतिहास र तथ्यांकमा भने ब्राजिल बलियो देखिन्छ। ब्राजिल र मेक्सिकोबीच हालसम्म भएको ३९ मध्ये २३ खेलमा ब्राजिलले सफलता हात पारेको छ। १० खेल भने मेक्सिकोले जितेको छ। ६ खेल बराबरीमा टुंगिएको छ। पाँच पटकको विश्व च्याम्पियन ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारीले क्रोएसियासँग खेलको टोलीलाई नै मेक्सिको विरुद्धको खेलमा पनि मैदानमा उतार्ने सम्भावना छ।
पक्कै पनि ब्राजिल मेक्सिकोको तुलनामा बलियो छ। त्यसैले मंगलबारको खेल ब्राजिलले जित्ने अनुमान फुटबल विश्लेषकले पनि गरेका छन्। दुवै टोलीको पहिलो खेल हेरेका केही विश्लेषक भने ब्राजिललाई मेक्सिकोले कडा चुनौती दिने दाबी गर्छन्।
ठूला प्रतियोगितामा मेक्सिकोले ब्राजिललाई यसअघि पनि हराएको छ। एक पटक कन्फेडेरेसन कपको फाइनलमा पनि ब्राजिललाई मेक्सिकोले हराएको थियो। सन् २०१२ को ओलम्पिकमा पनि ब्राजिल मेक्सिको सामु निरिह बनेको थियो। पछिल्लो पटक कन्फेडेरेसन कपमा भने ब्राजिलले मेक्सिकोलाई २-० ले हराएको थियो।
ब्राजिलियन टोलीका भरपर्दा प्लेमेकर ओस्कार भने आफ्नो टोलीले मेक्सिकोलाई हराउने दाबी गर्छन्। उनले मेक्सिको क्रोएसियाभन्दा नितान्त फरक शैलीको टोली भएकाले ब्राजिलले पनि आफ्नो खेलशैलीमा परिवर्तन ल्याउनुपर्ने धारणा पनि उनले व्यक्त गरे।
ब्राजिलका लागि फरवार्ड हल्कको चोट टाउको दुखाइको विषय बनेको छ। २७ वर्षीय हल्कले आइतबार चोटका कारण प्रशिक्षणसमेत गर्न सकेनन्। उनी मेक्सिकोसँग खेल्न सक्छन् वा सक्दैनन् भन्ने कुरा नै अहिलेसम्म निश्चित हुन सकेको छैन।
यसैगरी ब्राजिलका रक्षापंक्तिका खेलाडी हेनरिकले पनि मेक्सिकोसँगको खेललाई सहज रूपमा लिनु मुर्खता हुने प्रतिक्रिया दिए।
मेक्सिकोका प्रशिक्षक मिगुएल हेरेरा भने आफ्नो रणनीतिलाई गोप्य राख्न चाहन्छन्। मंगलबारको अर्को खेलमा बेल्जियमले अल्जेरियाको सामना गर्नेछ। -एजेन्सी
ब्राजिल
फिफा बरियता : ३
विश्वकप सहभागिता : सन् १९३०, १९३४, १९३८, १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४
उत्कृष्ट प्रदर्शन : सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विजेता
प्रशिक्षक : लुइज फेलिप स्कोलारी
कप्तान: थियागो सिल्भा
मेक्सिको
फिफा वरीयता : २०
विश्वकप सहभागिता : सन् १९३०, १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९७८, १९८६, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४
उत्कृष्ट प्रदर्शन : सन् १९७० र १९८६ मा क्वार्टरफाइनल
प्रशिक्षक : मिगुएल हेरेरा
कप्तान: राफेल माक्र्वेज