Headlines News :
fb
Home » » विश्वकप खेलेका नेपाली क्रिकेट खेलाडीहरुलाई ५ लाखसहितको सरकारी सम्मान

विश्वकप खेलेका नेपाली क्रिकेट खेलाडीहरुलाई ५ लाखसहितको सरकारी सम्मान

काठमाडौं, जेष्ठ २६ । बंगलादेशमा सम्पन्न ट्वेन्टी–२० विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल नेपाली क्रिकेट खेलाडीहरुलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँसहित सम्मान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रपति डा. रामवरण यादवले खेलाडीहरुलाई पुरस्कारसहित सम्मान गरेका हुन् ।

कप्तान पारस खड्काको नेतृत्वमा बंगलादेशमा नेपाली खेलाडीहरुले हङकङ र अफ्गानिस्तानलाई हराएको थियो भने बंगलादेशसँग सम्मानजनक हार व्यहोरोको थियो । विश्वकप लगत्तै नेपाल सरकारले खेलाडीहरुलाई ५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको थियो ।

खेलाडीहरुलाई सम्मान गर्दै राष्ट्रपति डा. यादवले नेपाललाई क्रिकेटको क्षेत्रीय हबको रुपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै यसको लागि आवश्यक पूर्वाधार निर्माणमा लाग्न सरकारलाई आग्रह गरे ।

सोही अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले क्रिकेट संघका पदाधिकारीहरुलाई अख्तियारले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेकोले नेपाली क्रिकेट नयाँ मोडमा पुगेको बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम अनुसार आगामी बजेटमा क्रिकेटको पूर्वाधार विकासमा यथेष्ठ रकम छुट्याउने बताए । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar