मध्यान्तरसम्म दुबैको एक एक गोल गरेको खेलमा ७१औ मिनेटमा फेरि नेयमारले ननै गोल गर्दै टोलीलाई २-१ गोल अन्तरमा अगाडि बढाए। पेनाल्टीमार्फत नेयमारले दोस्रो गोल गरेका हुन्।
यसअघि खेलको ११औ मिनेटमा ब्राजिलका मार्सेलोको आत्मघाती गोल उपहार पाएको क्रोएसियाले अग्रता लिएको थियो। पुरै खेल नियन्त्रणमा लिएको ब्राजिललाई बराबरी गोल फर्काउन धेरै समय कुर्नु परेन।
खेलको २९औ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याएका हुन्।
ब्राजिलका लागि ५०औ क्याप खेलिरहेका नेयमारको यो ३३ औ अन्तर्राष्ट्रिय गोल हो। २२ वर्षीया उनी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्छन्।
खेलमा ब्राजिली खेलाडीहरु आक्रामक खेलिरहेकाले क्रोएसिया रक्षात्मक खेल खेलिरहेको छ।