Headlines News :
fb
Home » , » टेरियालाई अन्तिम भोटको खाँचो

टेरियालाई अन्तिम भोटको खाँचो

ठमाडौ, असार २ – जि टीभीको रियालिटी शो डीआईडी लिट्टिल माष्टर्स सिजन थ्रीको उपाधि होडमा रहेकी टेरिया फौजा मगरलाई जिताउन आउँदो शनिबार (२१ जुन) दिउँसोसम्म भोटिङ गर्न सकिने भएको छ ।
शनिबार बेलुकी गोवाबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रमको 'ग्राण्ड फिनाले'मा बिजेताको छिनोफानो लाग्नेछ । उनलाई जिताउन अनलाइनबाट भोट गर्न सकिनेछ भने १८००८३३ ६० ०७ मा मिसकल पनि गर्न सकिनेछ । भोटिङ २१ जुनको दिउँसो २ बजेसम्म खुला हुने जीटीभीले जनाएको छ ।
टेरियालार्इ यहाँबाट अनलाइनबाट भोट दिन सकिनेछ
आइतबार बेलुकी भएको अन्तिम प्रतिस्पर्धी नृत्यमा टेरियाले बर्षो रे मेगा मेगा... बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । 'उनको नृत्यलाई ग्राण्ड माष्टर मिथुन र माष्टर एहमदले उत्कृष्ट भएको बताएका छन् । केही नृत्यहरु यस्ता हुन्छन् जुन हेर्दा आँखा हट्न मान्दैनन्' मिथुनले भने ।
यस्तै एहमदले टेरियालाई सँधै ब्रिलियण्ट डान्सर रहेको भन्दै यो प्रस्तुती पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिए । तर माष्टर गीताले टेरियाको प्रस्तुती फाइनल स्तरको नरहेको बताएपनि त्यसको दोष उनलाई नभएर उनी नाचेको पोखरीको पानी र उनका कोरियोग्राफरलाई जाने बताइन् । टेरिया सँधै राम्रो डान्सर रहेकोमा शंका नभएको गीताको भनाई थियो ।
टेरियाले उनका कोरियोग्राफरलाई मायाको चिनो स्वरुप बुद्धको मुर्ति दिइन् । म बुद्धलाई अति श्रद्धा गर्छु टेरियाले भनिन् मेरा स्किपर पनि मेरो लागि बुद्ध नै हुनुहुन्छ ।
कार्यक्रममा अघिल्लो हप्ता टेरिया नेपाल आउँदाको भिडियोका केही क्लिपहरुपनि देखाइएको थियो । जहाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि भैरहवा र लुम्बिनीसम्मका दृष्य थिए । टेरियाले आफ्नी आमाले सञ्चालन गर्ने क्याण्टिनको स्वादीलो मम कपाकप खाएको रोचक दृष्य पनि देखाइको थियो ।
उनलाई खुला ट्रकमा राखेर सैयौ सर्वसाधारणले नगर परिक्रमा गराएकोेबारे रमाइलो मात्र गरेनन् टेरियालाई नेपालमा चुनावका बेलाको नेता जस्तो देखिएको प्रतिक्रिया पनि दिए । मिथुनले भने टेरिया ठुलो चश्मा लगाएर शानका साथ हिंडिरहेको दृष्यले आफुलाई छोएको भन्दै केही रमाइलो पनि गरे । सबै प्रतिक्रियाबारे टेरियाले भने आफुले कहिले यस्तो नसोचेको भन्दै नेपालमा आफुप्रतिको माया देखेर आफु हिरोइन र सेलिब्रिटी भएको जस्तो लागेको बताइन् । आफुलाई जिवनमा यत्रो उपलब्धि पाउँला जस्तो कहिल्यै नलागेको उनको भनाई थियो ।
२ बर्षमा आफुले पहिलोपल्ट आफ्नो बाबाको भिडियो यहि कार्यक्रममा देख्न पाएको भन्दै टेरियाले उपाधि नजितेपनि आफुले कार्यक्रमबाट धेरे कुरा सिकेको परिपक्व जवाफ दिएकी थिइन् ।
आजको (06/15/2014 ) तेरिया मगरको डान्स हेर्नु होश

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar