Headlines News :
fb
Home » , » विश्वकप फुटवलबारे १५ अनौठा तथ्य

विश्वकप फुटवलबारे १५ अनौठा तथ्य

ब्राजिलमा हुने विश्वकप फुटवल २०१४ का लागि साता हुँदै दिन गन्ती नै शुरु भैसकेको छ । विश्वकप आउँदा विश्व नै फुटवलमय हुने गरेको छ ।
ब्राजिल विश्वकपले नेपालमा पनि फुटवलमय वातावरण बनिरहेको देखिन्छ । मानिसहरु आफूलाई मन पर्ने टिमका जर्सी किन्न पसलमा भिड लागिरहेका छन् भने कतिले विश्वकप फुटवलको खेल तालिका भित्तामा टाँसिसकेका छन् ।

विश्वकपको जरोले ग्रस्त भएका फ्यानहरुलाई पनि विश्वकप फुटवलका केही अनौठा तथ्यहरु थाहा नहुन्   सक्छ ।
धेरैलाई जानकारी नभएका विश्वकप फुटवल सम्बन्धी १५ अनौठा तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

१ जर्मनीका ओलिभर कान मात्र यस्ता गोलकिपर हुन् जसले विश्वकप फुटवल इतिहासमा गोल्डेन बल ट्रफी  पाए ।

२ विश्वकपमा सबै भन्दा बढी गोल गर्ने खेलाडी ब्राजिलका रोनाल्डो हुन् । उनले १५ गोल गरेका थिए ।

३ भारतीय टिम सन् १९५० को विश्वकप नखेल्ने निर्णय गर्दै फर्किएको थियो । विश्व फुटवल महासंघ फिफाको विश्कपमा फुटवल बुट लगाउनै पर्ने र खाली खुट्टा खेल्न नपाउने नियमका कारण भारतले विश्वकप त्यागेको थियो ।

४ १९८२ मा विश्वकप फुटवल खेलेका नर्मन ह्ववाइटसाइड सबै भन्दा कम उमेरमा विश्वकप फुटवल खेल्ने खेलाडी हुन् । उनी १७ वर्षको उमेरमा विश्वकप खेलेका थिए ।

५ १९९२ को विश्वकप फुटवलमा गोल गरेका ४२ वर्षीय रोगर मिल्ला विश्वकप इतिहासमै सबै भन्दा पाको उमेरमा गोल गर्ने खेलाडी हुन् ।

६ सन् १९५० मा ब्राजिलको रियो दि जेनेरोस्थित माराकाना नगर रंगशालामा भएको ब्राजिल र उरुग्वेबीच भएको खेलमा इतिहासकै सबै भन्दा बढी दर्शक जम्मा भएका थिए ।

७ सबै भन्दा कम दर्शक भएको विश्वकप फुटवल खेल सन् १९३० मा उरुग्वेमा भएको खेल हो ।

८ अहिले सम्म भएका १९ वटा विश्वकप फुटवल मध्ये दक्षिण अमेरिकी देशहरुले ९ र युरोपेली देशले १० वटा विश्वकप जितेका छन् । यी दुई महादेश बाहेक अन्य कुनै पनि महादेशले विश्वकप जित्न सकेका छैनन् ।

९ सर भिब रिचार्डस् मात्र यस्ता एक्ला खेलाडी हुन् जसले विश्वकप फुटवल र विश्वकप क्रिकेट दुवै खेलेका   छन् ।

१० सन् १९८६ मा फिफाले खेलाडीहरुलाई खेल मैदानमा भेष्ट खोल्न प्रतिवन्ध लगाएको थियो । खेलाडीहरु मैदानमा नाङ्गै कुँद्न थालेपछि फिफाले यस्तो निर्णय गरेको हो ।

११ सन् १९६६ मा फुटवल ट्रफी चोरी भएको थियो भने प्रतियोगिता शुरु हुन केही दिन अघि मात्र उक्त ट्रफी तालिमप्राप्त कुकुरले फेला पारेका थिए ।

१२ आफ्ना कुनै पनि खेलमा गोल गर्न नचुक्ने अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले उनले खेलेका सन् २००६ र २०१० को विश्वकपका २ खेलमा केवल १ गोल मात्र गरेका छन्। यद्यपी छनौट खेलमा भने उनले गोल गरेका छन् ।

१३ फ्रान्सका जिनेदिन जिदान विश्वकप इतिहासमा सबै भन्दा बढि कार्ड खाएका खेलाडी हुन् । उनले ४ पहेलो र २ रातो कार्ड खाएका थिए ।


१४ मेक्सिकोका एन्टोनियो कार्वाजाल सबै भन्दा बढी विश्वकप खेल्ने खेलाडी हुन् । उनले मेक्सिकोका लागि सन् १९५०, १९५४, १९५८, १९६२ र १९८६ मा गरी ५ पटक विश्वकप खेलेका थिए ।

१५ मेक्सिको एक मात्र यस्तो देश हो जुन देशले २ पटक विश्वकप फुटवल आयोजना गरिसकेको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar