Headlines News :
fb
Home » » पार्टी मेरो नीतिमा चलेकाले नेतृत्व पनि मेरै हुनुपर्छ : केपी ओली

पार्टी मेरो नीतिमा चलेकाले नेतृत्व पनि मेरै हुनुपर्छ : केपी ओली

काठमाडौं, जेठ २० – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी आफ्नो नीति अनुसार चलेकोले नेतृत्व पाउनुपर्ने दावी गर्नुभएको छ ।
थाइल्याण्डको बैंककमा उपचार गराएर स्वदेश फर्केका एमाले अध्यक्षका आकांक्षी ओलीले नीति अनुसारको नेतृत्व हुनुपर्ने र महाधिवेशनले न्यायोचित आधारमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
‘महाधिवेशनसम्म पुग्दा सबै बिबादहरु मिल्नेछन् र सहमतिको वातावरण बन्नेछ,’ ओलीले भन्नुभयो, ‘त्यो सहमति औचित्यका आधारमा हुनेछ र त्यसले नेतृत्व हस्तान्तरणको उद्देश्यलाई ध्यानमा राखेर हुनेछ । वास्तवमा जसको नीति त्यसको नेतृत्व स्थापित हुनुपर्छ ।’
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘पार्टीभित्र पुरानो प्रवृति उचित र न्याय संगत हुँदैन ।’ ओलीले पार्टीको नवौं महाधिवेशनले नयाँ आयाम थप्ने र सर्वसम्मति कायम हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
आफू पूर्ण निको भएको भन्दै ओलीले आफ्नो स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिनुभयो । मेनेन्जाइटिसको उपचारको लागि ओली गएको वैशाख १४ गते बैंकक जानुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि एमाले नेता कार्यकर्ता झण्डा र ब्यानरसहित पुगेका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar