Headlines News :
fb
Home » , » ३ वर्षको बालकको पेटमा मृत बच्चा (भिडियोसहित)

३ वर्षको बालकको पेटमा मृत बच्चा (भिडियोसहित)

काठमाडौं, जेष्ठ २६ । काठमाडौंको कान्ति बाल अस्पतालमा तीन वर्षको बालकको पेटबाट मृत अवस्थाको बच्चा निकालिएको छ । सर्लाहीको बबगञ्ज ३ का राकेश चौधरी र रामजैसी चौधरीका तीन वर्षीय छोरा अनुराग चौधरीको पेटबाट ४ सय ग्रामको ट्युमरभित्र रहेको २ सय ५० ग्रामको मृत बच्चा निकालिएको हो ।

गत वर्ष आश्विनमा बालकको पेटको दाहिनेपट्टी डल्लो फेला परेपछि उनलाई उपचारका लागि कान्ति अस्पताल ल्याइएको थियो । अल्ट्रासाउण्ड र सिटी स्क्यानबाट ट्युमरभित्र बच्चा रहेको पत्ता लागेको थियो ।

डा. अनुपमा थापा बस्नेत, डा. विजय थापा, डा. शान्त सापकोटा लगायतको टोलीले शल्यक्रिया गरी मृत बच्चा निकालिएको हो । शल्यक्रियापछि बालकको अवस्था अहिले सामान्य बन्दै गएको छ ।

गर्भमा रहेका जुम्ल्याहा भ्रुण मध्ये पूर्ण विकसित हुन नसकेको भ्रूण विकसित शिशुको पेटभित्र विकसित हुँदै जाँदा यस्तो हुने चिकित्सकहरु बताउँछन् ।

यसअघि पनि कान्ति बाल अस्पतालमा नौ महिने शिशुको पेटभित्रै भ्रूण फेला परेको थियो ।


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar