Headlines News :
fb
Home » » डेरावालको विधान : कोठामा केटी ल्याउँदा विवाह दर्ता अनिवार्य

डेरावालको विधान : कोठामा केटी ल्याउँदा विवाह दर्ता अनिवार्य


२४ जेठ, काठमाडौं । देश चलाउने विधान अर्थात् संविधान कहिले बन्ने हो टुंगो छैन, तर काठमाण्डौका एकजना घरबेटीले भने आफ्नो घरका लागि गज्जबको डेरावाल-विधान तयार पारेका छन् ।
कोटेश्वर सहयोगीनगरका कुमार के.सी.ले आफ्नो घरमा डेरा गरी बस्ने डेरावालका लागि १८ बुँदे विधान तयार पारेर लागू गरिसकेका छन् । कानून कमजोर हुँदा देशमा भद्रगोल भएझैँ घरबेटी लर्तरो हुँदा घरमा बेथिति आउने भन्दै के.सी.ले निकै कडा प्रावधान राखेर डेरावाल विधान बनाएका हुन् ।
केसीले आफ्नो घरमा भाडामा बस्नेलाई जानकारी होस् भनेर उक्त विधानको पाना घरका भित्ताहरुमा टाँसेका मात्रै छैनन्, सबैलाई मौखिकरुपमा समेत जानकारी गराउने गरेका छन् ।
‘घरमा बस्नुपर्ने प्रत्येक व्यक्तिले पालना गर्नुपर्ने नियमहरु’ शीर्षकको उनको डेरावाल विधानका केही बुँदाहरु निकै अनौठा, रोचक तथा कडिकडाउ छन् । विधानको १० औँ बुँदा सबैभन्दा रोचक कुरा छ । त्यसमा भनिएको छ, ‘विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपीविना कसैले पनि कोठामा केटी ल्याउन पाइने छैन । यदि ल्याएको थाहा पाइएमा प्रहरीलाई खबर गरी हिरासतमा दाखिला गरिनेछ ।’
डेरामा बस्ने युवा विद्यार्थीहरुले प्रेमिका भन्दै युवती ल्याउने र रात नै बिताउने क्रम बढेको भन्दै उनले त्यसले नैतिकता र मर्यादामा आँच पुर्‍याएकाले त्यस्तो नियम बनाएको केसी बताउँछन् । ‘बैँसमा गरिने छाडा व्यवहारले स्वयं उनीहरुको भविष्यमै पनि नकारात्मक असर पुराउने मात्र होइन, अविवाहित केटाकेटी सँगै बस्दा समाजले पनि पचाउँदैन । भोलि प्रेमकै निहुँमा मेरो घरको कोठामा केही नराम्रो घटना भयो भने त्यसको जिम्मा कसले लिने ?’ केसी भन्छन् ।
जमाना आधुनिक भइसकेको छ भन्दै ‘लिभिङ टुगेदर’मा बस्न चाहने युवापुस्ताका लागि केसीको घरमा कुनै ठाउँ छैन भन्ने कुरा उनको डेरावाल विधानले स्पष्ट पारेको छ ।
कोठामा बाहिरी मान्छे ल्याउनेलाई जरिवाना
पछिल्लो समय युवायुवतीमा अनैतिकता बढेको उनको अनुभव छ । घरबेटीको अनुमतिविना कसैले कोठामा बाहिरी मान्छे ल्याएर बसालेको पाइएमा दिउँसोको हकमा प्रतिव्यक्ति ५ सय रुपैयाँ र रातको हकमा एक हजार जरिवानासमेत गरिने प्रावधान डेरावाल विधानको बुँदा नं. ५ मा उल्लेख छ । अटेर गरी कोठामा मान्छे राखेमा कोठा निकाला गरिने ६ नं. बुँदामा लेखिएको छ ।
मापसे गर्न नपाइने
घरभित्र धूमपान मध्यपान गर्न नपाइने, घरभित्र छिर्दा गेटबाटै जुत्ता फुकालेर हातमा बोकेर माथि निस्कनुपर्ने, छतमा मात्रै कपडा सुकाउनुपर्ने र राति ८ बजेअगावै घरभित्र छिरिसक्नुपर्ने प्रावधान पनि विधानमा उल्लेख छ ।
केसीको डेरावाला विधानमा पानी, विजुली, सरसफाइ लगायतका विषय समेटेका छन् । त्यस्तै महिनाको १ गते अघिल्लो महिनाको भाडा चुक्ता गर्नुपर्ने नियम पनि केसीले राखेका छन् ।
पसलमा पनि कानून
आफ्नै घरमा किराना पसल समेत राखेका केसीले पसलमा ग्राहकका लागिसमेत नियम तोकेका छन् । सो नियममा एक हजारभन्दा बढी उधारो लग्न नपाइने, अघिल्लोपटकको उधारो चुक्ता नगरेसम्म पुनः उधारो नपाइने जस्ता नियमहरु ग्राहकका लागि तोकिएका छन् ।
राम्रालाई नरम, अरुलाई कडा
काठमाण्डौमा डेरा गरी बस्ने डेरावालहरुको साझा गुनासो रहने गर्छ, घरबेटी खराब छ, किचकिचे छ । डेरावाललाई घेरामा पार्न लिखित कानून नै बनाएर लागु गर्ने यी घरबेटीको घरमा बस्नेहरुको गुनासो कस्तो छ होला ? तर, आफू असल डेरावालका लागि निकै असल घरबेटी रहेको र खराब मान्छेका लागि भने कडारुपमा प्रस्तुत हुने गरेको दाबी उनको छ ।
आफ्नो घरका २० वटा कोठामा बस्ने डेरावाल खराब हुने हो भने बसिनसक्नु हुने भएकाले आफुले आफ्नो घरमा शान्ति र सुव्यवस्था कायम गर्न यस्तो नियम बनाएको हो बताउँछन् केसी ।
उसो त खरो मिजासका केसी सहयोगीनगरमा चिनिएकै मान्छे हुन् । तर, उनको पछिल्लो डेरावाल विधानले श्रृंखला गल्ली टोलमा आजकल थप चर्चा पाएको छ ।
तपाईलाई कस्तो लाग्यो केसीको डेरावाल-विधान ? के यस्तो विधान मानेर तपाई डेरा बस्न तयार हुनुहुन्छ ? मान्नोस्, नमान्नोस्, यो उनी आफैंले बनाएको निजी कानून हो, यसमा घरबेटीको सुविधालाई प्राथमिकता दिइएको छ ।
डेरावालको विधान यस्तो छ:


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar