Headlines News :
fb
Home » » चन्द्रमामा धर्तीको भन्दा तेज इन्टरनेट

चन्द्रमामा धर्तीको भन्दा तेज इन्टरनेट

(एजेन्सी)–वैज्ञानिकहरुले एउटा यस्तो उपाय निकालेका छन् जसले चन्द्रमामा ब्रोडब्याण्डको गति २० मेगाबाइट्स प्रति सेकेन्ड भित्र हुनेछ । यो उपायका कारण धर्तीभन्दा चन्द्रमामा इन्टरनेटको गति निकै तेज हुने गर्दछ । नासासँग काम गरिरहेको म्यासाच्युसेट्स इन्सटिच्युट अफ टेक्नोलोजीको अनुसन्धानकर्ताहरुको समूहले डेटा कम्युनिकेसन टेक्नोलोजीको प्रदर्शन गरेको छ । यो प्रदर्शनको दौरान थुप्रै संख्यामा डेटा, भिडियो र अडियोलाई चन्द्रमादेखि धर्तीसम्म र धर्तीदेखि चन्द्रमासम्म पठाइएको थियो । यो लेजर सिस्टमको आरएफ सिग्नलद्वारा डाउनलोड गति १९.४४ एमबिपिएस र अपलोड गति ५२२ एमबिपिएस पाइएको छ । अहिलेसम्मको सबैभन्दा राम्रो रेडियो फ्रिक्वेन्सी सिस्टमद्वारा गरिएको डाउनलोडको अपेक्षा गरिएभन्दा ६ गुणा तेज रहेको छ । लेजर प्रणालीद्वारा गरिएको डाउनलोडमा रेडियो सिस्टमको अपेक्षा गरिएभन्दा २५ प्रतिशत कम पावर खर्च हुने गर्दछ ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar