लहान, जेष्ठ १८ - भागेर अन्तरजातीय प्रेम विवाह गरेकी एक जोडीलाई भगाएको भन्दै केटीपक्षले सिरहाको रामनगरमिर्चैया-१० स्थित केटाको मावली घरमा आइतबार तोडफोड गरेका छन् ।
सिरहा प्रहरीका अनुसार सिरहा इटारी प्रसाही १ का मोहित मण्डलले रामनगर मिर्चैया १० की डिम्पल सिंहलाई भगाएर वैशाख २९ गते प्रेम विवाह गरेपछि केटी पक्षका नातेदार उपेन्द्र सिंह सहितको टोलीले केटा मोहितका मावली बाजे मुखिया मण्डलको घर आइतबार विहान तोडफोड गर्नुका साथै कुटपीट गरी घाइते बनाएका छन् ।
कुटपीटबाट मुखियासहित विचारी मण्डल, दुखिया, सत्य कुमार र पाहुना आएका जय कुमार मण्डल घाइते भएका छन् । घाइतेमध्ये जय कुमारको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय विष्णु क्लिनिकमा उपचारपछि घाइतेहरु घर फर्किएका छन् ।
मावलीमा बसेर पढदै आएका मोहितलाई भगाएको भन्दै केटीपक्षले केटाको मावली घरमा तोडफोड गरेको प्रहरीले जनायो । 'केटी पक्षले घरमा भएका दराज लगायतका सरसामान तोडफोड गरि क्षति पुर्याएका छन्' प्रहरी निरीक्षक जीत नारायण चौधरीले भने 'घरमा समेत क्षति पुगेको छ ।'
दुवै पक्ष कुटपीट र तोडफोडमा उत्रिएपछि रामनगर मिर्चैया १० स्थित मतलेश्वर गाउँ दिनभर तनावग्रस्त रहयो । यसैबिच प्रहरीले घर तोडफोड र कुटपिटमा संलग्न उपेन्द्र सिंह र सन्जय साहलाई नियन्त्रणमा लिएको छ ।
मोहीत र डिम्पल वैशाख २९ गते भागेपछि केटी पक्षले सिरहा प्रहरीमा अपहरण गरेको उजुरी दिएका थिए । सिरहाका प्रहरी प्रमुख एसपी पूर्णचन्द्र जोशीले प्रहरीले खोजी गर्दा मोवाइल लोकेशन काठमाडौं देखिएको र केही दिनपछि नै मोहीतको फेसवुकमा दुई विवाह गरेको फोटो सार्वजनिक भएको जानकारी दिए ।