'युवाका हातमा बन्दुक होइन ल्यापटप हुनुपर्छ'
२४ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता चन्द्र भण्डारीले १८ वर्ष पुगेका युवाका हातमा बन्दूकको साटो ल्यापटप थमाउनुपर्ने बताएका छन् । एमाओवादी नेता डा. बाबुराम भट्टराई सभापति रहेको राजनीतिक सम्वाद समितिमा १८ वर्ष पुगेका युवालाई सैन्य तालिम दिनेबारे छलफल भइरहेका बेला भण्डारीले यस्तो बताएका हुन् । भण्डारीले नेपालले भारत र चीनजस्ता देशहरुसँग सैन्य युद्ध लड्न नसक्ने भन्दै युवाहरुलाई सैन्य तालिममा ढाल्न नहुने बताएका छन् ।
भण्डारीले अनलाइनखबरसँग कुराकानी गर्दै भने,’यो युग विज्ञान प्रविधिको युग हो । सैन्य तालिम दिनु आवश्यक छैन, मिसाइलले नै यसको काम गर्छ ।’ उनले मिसाइलको प्रयोगसँगै अमेरिका, रसिया जस्ता देशहरुले सैनिक कटौती लागिरहेका बेला नेपालमा युवालाई सैन्य तालिम दिनुपर्छ भन्ने कुरातर्फ लाग्न नहुने बताए । भण्डारीले भने,’सैन्य तालिमपछि नेपालले भारत र चीनजस्ता देशसँग युद्ध गर्न सक्दैन । एउटा युवालाई एउटा हतियार बोकाएर सम्भव हुँदैन । बरु उसलाई प्राविधिक शिक्षातर्फ लगाउनुपर्छ ।’ सभासद भण्डारीले दोस्रो विश्वयुद्धपछि युवाहरुलाई सैन्य तालिम दिने धारणाको विकास भए पनि त्यो असफल सावित भइसकेको बताए ।
भण्डारीले भने, ‘दोस्रो विश्वयुद्धपछि आएको मान्यताअनुसार केही राष्ट्रले यस्तो तालिम युवालाई दिए । तर, धनीहरुले लडाइँ गर्ने र गरिबहरु मर्ने स्थिति बन्यो । बराबर जिम्मेवारीका निम्ति यसको विकास भएको हो । तर, कम्युनिष्टहरुले यसको गलत प्रयोग गरे ।’ ‘कम्युनिष्टहरुले राज्यसत्ता कब्जा गर्नमात्रै होइन, आफ्नै पार्टीभित्रका मन नपर्ने नेताहरुलाई नै मार्ने प्रवृत्तिको विकास भयो । त्योसँगै धेरै राष्ट्रहरुले यसलाई छोडेका हुन्, भण्डारीले भने ।’ प्रविधिको विकाससँगै मिसाइलको प्रयोग हुन थालेपछि सैन्य तालिमको औचित्य हराउँदै गएको र त्यो नेपालको सन्दर्भमा पनि उपयुक्त नरहेको भण्डारीको तर्क छ । उनी भन्छन्- ‘विज्ञान प्रविधिको विकाससँगै अमेरिका, रसियाजस्ता देशहरुले सैन्य तालिममात्रै होइन, सैनिक नै कटौती गरिरहेका छन् । हामी भने सैन्य तालिमको पछि लाग्ने ? एउटा युवालाई एउटा हतियार दिएर गरिवहरुलाई मार्ने कुरा गर्नुहुँदैन ।’
माओवादीको प्रस्ताव कांग्रेसलाई मान्य नहुने
भण्डारीले एमाओवादीले १८ वर्षभन्दा माथिका युवालाई आवश्यक परे सैन्य तालिम दिने प्रस्ताव ल्याएको भन्दै त्यो आफूहरुलाई मान्य नहुने बताए । उनले भने, ‘१२ लाख सैनिक भएको रसियाले आफूलाई बचाउन सकेन । सुडानका सैनिकले सुडानलाई बचाउन सकेनन् भने नेपालमा यसको विश्लेषण नै नगरी सैन्य तालिमको कुरा गर्नु हुँदैन ।’
सीमाना खुम्चिँदैछ, तराई डुब्दैछ
भण्डारीले नेपालको सीमाना खुम्चिदै गएकोमा कसैको चासो नरहेको भन्दै भाषण गर्दै हिँडेरमात्रै देश सुरक्षित हुन नसक्ने बताए । उनले भने-’नेपालका सीमानाहरु हेर्नुस्, दिनहुँ खुम्चिँदै गएका छन् । मुलुक डुब्दैछ, त्यसप्रति चासो कसैको छैन । कोही दुर्गममा औषधि नपाएर छट्पटिरहेका छन् । कलम, कापी, किताव दिन सकिएको छैन । मुकुलको प्राथमिकता के हो, आवश्यकता के हो त्यसको विश्लेषण नै नगरी सैन्य तालिमको कुरा गर्नु ठीक होइन ।’ भण्डारीको थप विश्लेषण छ -’अबको सात वर्षमा तराई पुरै डुब्दैछ । नेपालगञ्ज, गौरजस्ता ठाउँ डुब्न थालिसकेका छन् । भारतले अब हाई ड्यामको निर्माण गर्न थालिसकेको छ । त्यो भयो भने सात वर्षमा नेपालका सीमाना हराउनुका साथै तराई पूर्णरुपमा डुब्छ, यसप्रति कसले सोच्ने ?’
नेताका छोराछोरीलाई ल्यापटप, गरीबलाई बन्दूक ?
भण्डारीले अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले सैन्य तालिम नभई युवाहरुलाई विदेश पलायन हुनबाट रोकेर ज्ञान र सीपको विकासमा लगाउनु पर्ने वताए । उनी भन्छन्- ‘नेपाली युवाको हातमा बन्दुक होइन ल्यापटप हुनुपर्छ । नेताका छोराछोरीका हातमा महंगा ल्यापटप, गरिवका छोराछोरीका हातमा बन्दुक हुनुहुँदैन । अब कुनै पनि नाराका नाममा युवाको मृत्यु खोज्नुहुँदैन ।