Headlines News :
fb
Home » » क्रिकेटमा अख्तियार पस्यो

क्रिकेटमा अख्तियार पस्यो

क्यान अध्यक्षसहित पदाधिकारीविरुद्ध आरोपपत्र दायर
काठमाडौं, जेष्ठ २५ - नेपाल क्रिकेट संघ क्यानमा क्रिकेट खेलाडीको सुविधा दुरुपयोगलगायतका विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धानले छानविन सुरु गरेको छ ।

अख्तियारले क्यानका अध्यक्ष टंक आङ्गवुहाङ्ग लिम्बु, उपाध्यक्षहरू चतुर बहादुर चन्द, सुनिलमान अमात्य र विनोद कुमार मैनाली, महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सदस्यहरू किरण शमसेर राणा, ठाकुरप्रताप थापा, ठाकुर प्रसाद पहाडी र पुर्ण बहादुर लामा, राष्ट्रिय खेलकुद परिषदका ईन्जिनियर अरुण उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

'पदाधिकारीहरूसमेतको मिलेमतोमा मुलपानीस्थित क्रिकेट मैदान एवं भवन निर्माणका लागि नेपाल सरकार तथा बिदेशी संघ संस्थाबाट प्राप्त अनुदान रकम, खेलकुद सामाग्री खरिद, असम्बन्धित व्यक्तिहरुलाई संघको खर्चमा बिदेश पठाउने समेतका कार्य गरी अनियमितता एवं भ्रष्टाचार गरेको भन्ने उजुरीका' आधारमा आरोपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar