काठमाडौं, जेष्ठ २१ । एकीकृत नेकपा माओवादीका सभासद अग्नि सापकोटाले व्यवस्थापिका संसदको सदन अवरोध खोल्न सरकारले कुनै पहल नगरेको आरोप लगाएका छन् ।
विगत केही दिनयता लगातार संसद बैठक अवरुद्ध हुँदै आएकोमा आजको बैठकको सुरुमै विपक्षीहरुको तर्फबाट सापकोटाले प्रधानमन्त्री सुशील कोइराला विदेश भ्रमण जानुअघि पनि संसद चलाउन गम्भीर नभएको भन्दै यस्तो घटनाले राष्ट्रकै बेइज्जत हुने दाबी गरे ।
अर्बौं रकमको हिनामिना हुँदा समेत सरकारले रकम बाँड्ने काम गरिरहेको सापकोटाको आरोप थियो । प्रतिपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।
त्यसपछि सभामुख सुवास नेम्वाङले सरकार र विपक्षी दुबैलाई गम्भीर रुपमा छलफलगरि सदनको अवरोध खुलाउन रुलिङ गरेका थिए । आज पनि संसद बैठक अवरुद्ध भएपछि सभामुख नेम्वाङले रुलिङ गरेका हुन् ।
संसदको अर्को बैठक आगामी जेष्ठ २५ गतेका लागि डाकिएको छ ।