काठमाडौं, जेठ ३१ - ओखलढुंगा टोक्सेलकी ४४ वर्षिया हिरादेवी तिमिल्सिनालाई यतिबेला बधाई थाप्न भ्याईनभ्याई छ ।
बुढ्यौली उमेरमा एसएलसी पास गरेको खबर सुनेपछि उहाँलाई बधाई दिनेहरुको ओइरो लागेको हो ।
‘पढ्नलाई उमेरले पनि छेक्दो रहेनछ, अनि मेहनत गर्दा सफलता पनि मिल्दो रहेछ’ उज्यालो अनलाइनसँगको कुराकानीमा उहाँले भन्नुभयो ।
सिन्धुली थाङसाङकी तिमिल्सिनाले सानोमा ८ कक्षा मात्रै पढ्न पाउनुभयो । घर नजिक स्कूल नभएको र चाँडै विवाह पनि भएकाले उहाँको पढाई बीचमै अलमलियो । पढाई छोडेको २६ वर्षपछि पोहोर साल उहाँ काठमाडौं तीनकुनेको उत्प्रेरणा महिला विद्यालयमा ९ कक्षा भर्ना हुनुभयो ।
‘जाँच दिएको बेलामा पास हुन्छु भन्ने लागेको थिएँ, सोचेकै नतिजा आयो’ उहाँले भन्नुभयो । उहाँका दुई छोरा स्नातक अध्ययनरत छन् । उहाँ पढ्ने विद्यालयका अरु १५ जना महिला पनि एसएलसीमा पास भएका छन् । सबैको उमेर उहाँकै हाराहारीको छ । मेहनत गरे सफल भइन्छ भन्ने यो गतिलो उदाहरण होइन त ?