आयोजक ब्राजिल पेनाल्टी सुटआउटमा चिलीलाई ३-२ पन्छाउदै विश्वकप फुटबलको क्वाटरफाइनलमा शनिबार प्रवेश गरेको छ । गोलकिपर जुलियो सिजरले उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टीमा चिलीका तीन खेलाडीको प्रहार रोकेपछि ब्राजिलले अन्तिम १६ मा कठिन जित हात पारेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट १-१ गोलको बराबरीमा सकिएको थियो ।
fb