उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले ‘डान्स इन्डिया डान्स सिजन ३’मा प्रथम भएकी नेपाली चेली तेरिया फौजा मगरलाई एक कार्यक्रममा सम्मान गरेका छन् ।मगरलाई ‘लुम्बिनी बालिका शान्तिदूत’को उपाधिले सम्मान गरिएको हो । सो अवसरमा उप-प्रधानमन्त्री सिंहले नेपालमा जन्मिएर विदेशमा भएको डान्स प्रतियोगितामा प्रथम भई देशको शीर उच्च राख्ने कार्य गरेकोमा तेरियाको प्रशंसा गरेका थिए ।
सो प्रतियोगितामा डान्सका लागि करिब चार लाख जनाले निवेदन दिएकामा ४० हजार भित्रबाट अन्तिम चरणसम्म पुग्दा मगरले पब्लिक भोटको आधारमा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । लुम्बिनी-कपिलवस्तु अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानका अध्यक्ष डा हरिकुमार श्रेष्ठले नेपाली चेलीलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।
