Headlines News :
fb
Home » » ‘राता मकै’लाई जन्मदिनमा दीपाले दिइन् मकै उपहार

‘राता मकै’लाई जन्मदिनमा दीपाले दिइन् मकै उपहार

 हाँस्यकलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा ‘हाँस्यब्यङ्ग्यमा के छ ?’ भन्ने बिषयमा समेत बहस गरियो ।

चर्चित हाँस्यब्यङ्ग्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरी पौडेल, चट्याङ मास्टर, रामकुमार पाँडे, कुमार कट्टेल लगायतले उक्त बिषयमा आफ्नो भनाई राखे । कलाकार मदनकृष्ण श्रेष्ठले आफूहरुले हाँस्यका माध्यमबाट ब्यङ्ग्य समेत हान्ने भएकाले हाँस्यब्यङ्ग्य कलाकार भन्न आग्रह गरे ।

कार्यक्रममा चर्चित हाँस्यब्यङ्ग्य लेखक तथा निर्देशक रामशेखर नकर्मी र चर्चित पत्रकार पुष्करलाल श्रेष्ठलाई जनही नगद १० हजार र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा नायिका दीपाश्री निरौलाले दिएको उपहार विशेष रहन पुग्यो । दीपाले किरण केसीलाई ‘मकैको झुत्ता’ उपहार दिइन् । ‘राता मकै’को नाम अनुसार आफूले मकै दिएको दीपाको भनाई थियो । कार्यक्रममा नेपालका चर्चित हाँस्यकलाकारहरुको बायोग्राफी समेटिएको पुस्तक समेत बिमोचन गरियो ।

किरण केसीले असार १५ मा सधै आफ्नो जन्मदिन हाँस्यकलाकारहरुसँग मिलेर मनाउँदै आएका छन् । उनले असार १५ को अवसरमा दही चिउरा पनि खुवाए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar