दुबर्इ, असार १- २६ महिना अघि रोजगारीका लागि शारजाहाँ आएका रुपन्देही सुनगाभा चोकका विजय फौजा मगरको यतिबेला खुशीको सीमा छैन । छोरी टेरिया मगर भारतीय टेलिभिजन च्यानल जि टिभीको रियालिट शो डिआइडी लिटिल मास्टर्सको फाइनल राउण्डमा पुगेपछि सात समुन्द्रपारी एक्लै रहेका उहाँलार्इ पनि खुशी तुल्याएको हो ।
ज्यान सारजाहाँको 'चिनचिन' चाइनिज रेस्टुरेन्टमा भएपनि उहाँको मन भारतमा चलिरहेको नृत्य प्रतियोगितामा नाचिरहेको हुन्छ । गएको डिसेम्बरको अन्तिम हप्ता डिआइडी लिटिल मास्टर्समा छोरीलाई लैजानुपर्छ कि बुढा भनेर श्रीमती अनिताले फोन गर्नुभयो । 'एक पटक बुझ्न लगाउ न, मैले यत्ति भनेँ'' उहाँ सम्झिनुहुन्छ ।
फेरि 'भाग लिन धेरै खर्च लाग्ने रहेछ बुढा नसकिने भो के गर्ने ? श्रीमती अनिताले फेरि सोध्नुभयो । विजयले 'जे जति लाग्छ म गर्छु बरु म अरु दुई बर्ष आउँदिन छोरीलाई जसरी हुन्छ प्रतियोगितामा सहभागी गराउ' भनेपछि एउटी नेपाली चेली भारतीय टिभी च्यानल मार्फत धेरैतिर चिनिने अवसर पाएकी हो ।
कम्पनीले दिएको आवास गृहमा बस्ने विजयको कोठामा टिभी छैन । छोरी टेरियाको नृत्यले यति ख्याती पाउला र प्रतियोगिताको यो चरणसम्म पुग्ने उहाँलाइ कल्पना नै थिएन । प्रत्यक्ष हेर्न नपाएपनि छोरीको नृत्यसँगै देखिने श्रीमती अनिता फौजा मगरलाई उहाँले दिनदिनै इन्टरनेट मार्फत हेर्दै आइरहनुभएको छ ।
धेरै नेपालीलाई टेरियाका बुवा दुबइमा भएको कुरा थाहा थिएन । एक दिन अचानक 'तपाइंको भिडियो चाहियो' भन्दै डिआइडी लिटिल मास्टर्स कार्यक्रमबाट विजयलाई फोन आयो । कसरी पठाउने ? उहाँ अलमल पर्नुभयो । 'उनीहरुकै सल्लाह अनुसार ५ सय यूएई दिराम्स खर्चिएर साइवर दोकानमा गएर भिडियो फाइल बनाएर इमेल गरिदिएँ, त्यही हप्ता प्रशारण भयो' विजयले भन्नुभयो ।
त्यसपछि युएर्इमा उहाँलार्इ चिन्नेहरुले फर्केर जान धेरैले सल्लाह दिए । 'बाबा म तपाईंलाई धेरै सम्झिरहेकी छु, छिट्टै आउनुस् न म नाचेको हेर्न, हजुर आएदेखि मैले झन बढी राम्रो नाच्न सक्छु' टेरियाले भनेको वाक्य सम्झिदै बिजयले आँशु खसाल्नुभयो ।
कार्यक्रममा बाबुछोरीको भिडियो प्रसारण भएको दुई हप्ता पछि टेरिया नेपाल पुगिन् । भारत फर्किनु अघि विमानस्थलमा हुँदा विजयको छोरी टेरियासँग फोन सम्पर्क भएको थियो । 'त्यस पछि ब्यस्त छिन्, फोन गर्यो कि आउनुस् भनेर रुन लाग्छिन्' उहाँले भन्नुभयो । छोरीको खुशीका लागि १ हप्ते अर्जेण्ट बिदा लिएर जुन २१ मा हुने ग्राण्ड फाइनलमा सहभागी हुन विजय मुम्बई जाँदै हुनुहुन्छ ।
जी टीभीको रियालिटी सो डिआइडी लिटिल मास्टर्समा नेपाली छोरी टेरिया फौजा मगरको सहभागिता र उनको राम्रो प्रदर्शनले विश्वभर छरिएर रहेका नेपालीमा उल्लास थपेको छ । उनको नृत्यले निर्णायक मण्डलबाट मात्र होइन दर्शकबाट पनि उच्च प्रशंशा पाइरहेको छ ।
'हामी पनि गाउँघरका कार्यक्रममा नाच्ने गर्थ्यौ, तर हामीभन्दा तेब्बर गुण टेरियामा सरेको छ', गाउँघरका मानिसहरुले भनेको कुरा विजय अझै सम्झिनुहुन्छ '३ बर्षकी हुँदा रेडियो टिभीहरुमा गीत बज्दा टेरिया नाच्न थाल्थी, उसको यो क्षमतालार्इ अझै बढाउन ५ बर्षकी हुँदा बुटवलको वागेश्वरी संगीतालयमा भर्ना गरिदियौं ।'
छोरी टेरियाको बारे देश बिदेशमा रहेका नेपालीले गरेको चर्चा देखेर उहाँ धेरै खुशी हुनुहुन्छ । 'सबैको यस्तै माया पाइरहे पक्कै बिजयी बन्छे' विजयको आशा छ । टेरियालाई बिजयी बनाउन बुटवल, युएई र अन्य ठाउँका नेपालीले अभियान थालेका छन् । उनलाई यस हप्ताभरि भोट दिन सकिन्छ । भोटका लागि टेरिया र उनको परिवारले सबैमा अपिल समेत गरेको छ ।