३१ जेठ, काठमाडौं ।
अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलकी दृष्टि गिरी र कपनको रिलायन्स एकेडेमीका संजोग कार्कीले यसपालि एसएलसी परीक्षामा ९४.१२ प्रतिशत अंक ल्याएका छन्।
गिरी र कार्की दुवैले आठ सय पूर्णांकमा सात सय ५३ नम्बर ल्याएका छन्। गिरीले अंग्रेजीमा ९५, नेपालीमा ८८, गणितमा ९९, विज्ञानमा ९७, सामाजिकमा ८४, स्वास्थ्य तथा जनसंख्यामा ९३, ऐच्छिक गणितमा ९८ र कम्प्युटर विज्ञानमा ९९ नम्बर ल्याएकी छिन्। त्यस्तै कार्कीले अंग्रेजीमा ९०, नेपालीमा ८८, गणितमा ९९, विज्ञानमा ९४, सामाजिकमा ९१, स्वास्थ्य तथा जनसंख्यामा ९२, ऐच्छिक गणितमा ९९ र कम्प्युटर विज्ञानमा एक सय नम्बर ल्याएको अन्नपूर्ण पोस्टमा खबर छ ।
तल्ला कक्षादेखि नै मेहनत गर्दै आएकाले अहिले राम्रो परिणाम आएको दृष्टिले बताइन्। उनकी आमा शान्तिमायाले छोरीको सफलतामा खुसी व्यक्त गरिन्।
कार्कीका शिक्षक शंकर पौडेलले स्कुलले आशा गरेअनुसार उनले नम्बर ल्याएको बताए। संजोगले पनि आफूले सोचेअनुसार नम्बर नपाएको गुनासो गरे। उनले भने, ‘आशा धेरै गरेको थिएँ। तर यतिमा नै चित्त बुझाउँछु।’ उनी कक्षा १ देखि नै प्रथम हुँदै आएका थिए। गिरी र कार्की दुवैले भविष्यमा विज्ञान विषय पढ्ने बताए।