Headlines News :
fb
Home » , » विश्वकप फुटबलमा बाजी राख्न नपाइने

विश्वकप फुटबलमा बाजी राख्न नपाइने

काठमाडौं, जेठ २९ – जिल्ला प्रशासन कार्यालय ललितपुरले विश्वकप फुटबलको सार्वजनिक प्रशारण गर्ने संघसंस्था, क्लव, समूहलगायत निजी प्रतिष्ठानमा जुवा लगानी तथा बाजी राख्न नपाइने जनाएको छ ।
सार्वजनिक सूचना जारी गरी प्रशासन कार्यालयले सार्वजनिकस्थलमा कुनै शुल्क लिन वा टिकट काट्न, मादक पदार्थ सेवन खरिदविक्रि र ओसारपसार गर्न तथा खेलको हारजितको पक्षमा जुवा लगानी र बाजी राख्न नपाइने स्पष्ट पारेको हो ।
राती अबेरसम्म खेल चल्ने भएकाले विद्युत पानीलगायत बस्तुको आपुर्ति आयोजकले नै गर्नुपर्ने र आवागमनमा अवरोध गर्न र होहल्ला गर्न नपाइने जिल्ला प्रशासन कार्यालय ललितपुरले निकालेको सूचनामा उल्लेख छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar