Headlines News :
fb
Home » , » वल्र्डकपमा 'ब्राजुका'

वल्र्डकपमा 'ब्राजुका'


  • यस्तो छ विश्वकपमा प्रयोग हुने बल

पेरिस (एएफपी), जेष्ठ १८ - हरेक फुटबल वल्र्डकप आएलगत्तै खेल्ने बलबारे विवाद आउने गर्छ । दक्षिण अफ्रिकामा चार वर्षअघि भएको वल्र्डकपमा जाबुलानी नामको बल प्रयोग गरिएको थियो । त्यो बललाई अप्रत्याशित र जादूयी रूपमा आएको भनियो ।

फेभरनोभा नामको बल दक्षिण कोरिया र जापानले सन् २००२ मा आयोजना गरेको वल्र्डकपमा प्रयोग गरिएको थियो । त्यसलाई हलुका र बढी उप|mने भनेर आरोप लगाइयो ।

त्यसको चार वर्षपछि जर्मनीमा भएको वल्र्डकपमा टिमगेइस्ट नामको बल प्रयोग गरिएको थियो । जसलाई बढी चिप्लोको संज्ञा दिइयो । जापानका वैज्ञानिकले बिहीबार ब्राजुका नामको आधिकारिक बल ब्राजिल वल्र्डकपका लागि बनाएका छन् । यो बल एडिडासको सहयोगमा बनाएको हो ।

परम्परागत रूपमा बललाई '३२ प्यानल्स' बाट बनाइन्छ । बललाई हरेक चार वर्षमा फेरि नयाँ रूप दिइने गरिन्छ । जाबुलानीको ८ र टिमगेइस्टको १४ प्यानल्स थिए । जापान युनिभर्सिटी अफ सुकुवाका दुई इन्जिनियरले ब्राजुकालाई जाबुलानी, टिमगेइस्ट र पारम्परिक रूपमा बनाइएको ३२ प्यानलको बलभन्दा 'एरियोडाइनामिक्स' -हावामा

राम्रोसँग उड्ने) मा उत्कृष्ट

बनाएका छन् । यो बल सन् २०१३ मा फिफा कन्फेडेरेसन्स कपमा प्रयोग बल काफुसाभन्दा बढी हावामा राम्रोसँग उड्नेछ ।

ब्राजिलका स्ट्राइकर लुइस फाबिअनले जाबुलानीलाई 'सुपर नेचुरल' को संज्ञा दिएका थिए । जुन बल सोचेको भन्दा बढी उप|mने गथ्र्यो ।

परीक्षण गरिएका अन्य बलसँगै ब्राजुका सबैभन्दा खराब छ । साथमा पारम्परिक ३२ प्यानलको गोलाकार बलभन्दा कमजोर छ । ब्राजुका र पारम्परिक ३२ प्यानलको बल अन्य बलको तुलनामा हावा र स्पेसमा राम्रोसँग उड्नेछ ।

सेफिल्ड हालम युनिभर्सिटी, इंग्ल्यान्डका स्पोर्ट्स इन्जिनियर सिमोन चोप्लिनले ब्राजुका खेलाडीहरूले सोचेको जस्तै हुने बताए । उनले बल बढी आरामदायी हुने समस्या पनि नरहेको बताए । एउटा अनुसन्धान टिमले बल हावा र स्पेसमा राम्रोसँग अनुमान गर्न सकिने बताएको छ । बल लामो दूरीका, रनिङ पास र गोलकिपरका लागि पनि अनुमान गर्न सहज हुन्छ । यसको विशेषताले सबैजना खुसी हुनुपर्छ । केही स्ट्राइकर त्यस्तो बल चाहन्छन्, जुन बलले छिटो र सही दिशा लिओस्, प्रहार गर्दा गोलकिपर झुक्किऊन् ।

Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar