कुसुम भट्टराई
वैशाख १९ गते अक्षय तृतीया थियो । आजका युवाले यसपाली हाम्रो पर्व अक्षय तृतीयामा खासै उत्सव बनाएनन् । सातु र सर्वत खाने यो पर्वको महिमा खासै रहेन । बरु, उनीहरुको मन बरालियो, बलिउड नायक अक्षयकुमारतर्फ । अक्षय तृतीया विर्सने नेपाली अक्षयकुमारका फ्यान बनेका छन् । अक्षयकुमारलाई हेर्न नेपाली फ्यानको भिड उर्लीएको देख्दा हामी नेपालीमा आप्नो स्वाभीमान, अस्मीता र गरीमा मर्दै गएको स्पष्ट हुन्छ ।
अक्षयकुमार भन्दा कम छैनन्, दयाहाङ राई । ‘लुट’देखि ‘झोले’ हुँदै ‘कबड्डी’सम्म आइपुग्दा दयाहाङले आफुमा एउटा स्टारडम विकसित गरिसकेका छन् । केही समय यता मल्टिप्लेक्स हलहरुमा हिन्दी र अंग्रेजी चलचित्रलाई चुनौती दिदै नेपाली चलचित्र दोश्रो र तेश्रो हप्तासम्म प्रदर्शन भइरहेका छन् । ‘झोला’, ‘छ एकान छ’देखी ‘कब्डडी’सम्म आइपुग्दा मल्टीप्लेक्स हलमा नेपाली चलचित्र टुटेका छैनन् । हाम्रा चलचित्रको निर्माण, कथा, अभिनय र सँगीत पक्ष हिन्दी चलचित्रभन्दा कुनै हिसाबले कम छैनन् । नेपाली चलचित्रको गुणस्तर खस्क्यो भन्नेहरुको अचेल बोलती बन्द भएको छ । भारतीयले अर्बौ खर्च गरेका भन्दा हामीले लाखौं खर्च गरेका कतिपय चलचित्र उम्दा छन् । नवोदित निर्देशक इलम दिक्षितदेखी अनुप बराल अनी पुराना माझीएका दिनेश डिसीसम्ममा हामी चलचित्र निर्माणमा उर्वर क्षमता पाउँछौं । सुदर्शन थापा र यादव भट्टराईमा त्यस्तै खुबी छ । नयाँ नयाँ प्रयोग गरेर उनीहरु चलचित्रमा मौलिक स्वाद पस्कन सक्षम छन् । यी सबै हाम्रा सेलीब्रेटी हुन ।
‘मेरी बास्सै’का धुर्मुस अर्थात सिताराम कट्टेल र सुन्तली अर्थात ‘कुञ्जना’ को ख्याती नेपालका हकमा अक्षयकुमार र कँगना रनावतभन्दा कम छैन । ‘तितो सत्य’का दिपकराज गिरीको ख्याती जोनी लिवरको भन्दा कम छैन । हाम्रा सुरेश अधिकारी, महेश खडका्, अर्जुन पोखरेल, बसन्त सापकोटाले चलचित्रमा गर्ने सँगीत ख्यातीको हिसाबले साजीद वाजीद र अनु मलीकभन्दा कम छैन । नेपालमा एक से एक सेलीब्रेटी छन्, जसलाई हामी विश्वस्तरकै मान्न सक्छौं । हामीसँग प्रविधि र पैसाको कमी होला, तर हामी प्रतिभामा कम छैनौं । हामी नेपाली सेलीब्रेटीका आफ्नै बाध्यता र अभाव होलान, तर उनीहरु नेपालीमाझ लोकप्रिय छन् ।
बिडम्बना, जव अक्षयकुमार आए, नेपालका ठुला दैनिकले उनको फोटो प्रथम पृष्ठमा छापे । अक्षयलाई यसरी चित्रीत गरे, मानौं उनी नेपालमा संविधान बनाइदिन र नेपालीको भाग्य चम्काउन आएका हुन । मानौं उनी हाम्रो लागि देवदूत हुन । नेपाली दलहरुवीच फुटको समाचार चर्काउने, एमाओवादीभित्र बाबुराम प्रचण्डको झगडामा आगो झोस्ने अनी नेपाल राष्ट्रको बदनामीमा शब्द र पाना खर्च गर्ने नेपाली टाइकुन मिडियाले अक्षयकुमारलाई यसरी चित्रीत गरे, मानौं उनी नै हाम्रा भाग्य विधाता हुन । अर्थात जसरी अक्षयले चलचित्रमा चमत्कार देखाएर गरीबको भलो गर्छन, उनी त्यही कामका लागि अर्थात नेपालीको भलो गर्न आएका हुन भन्ने ढंगले त्यो हदसम्म गिरेर नेपालका ठुला दैनिकले उनको स्तुतीमा स्थान दिएको देख्दा आश्चर्य लाग्यो ।
नेपालकी माझीएकी अभिनेतृ गौरी मल्ल लामो समय अमेरीका बसाइपछि आमाको अपरेशन गर्न नेपाल फर्केकी थिई्न । उनका बारेमा मैले अन्नपूर्ण पोस्टमा समाचार पनि लेखेको थिएँ, महत्व दिएर । तर अन्य कुनै मिडियाले उनलाई समाचारमा समेटेनन् । नायक राजेश हमाल र उनकी प्रेमीका अनी अभिनेतृ मिथिला शर्मा र पुर्व आइजीपी मोतीलाल बोहराको बुढेशकालको विवाहको सन्दर्भ कम्ती रोचक छैन, यतिबेला । तर मुलुकका राष्ट्रिय भनीने दैनिकमा ति विषय खासै समेटीएनन् ।
केही समयअघि धुर्मुसले छोरी पाए । भारतमा ऐश्वर्य रायले बच्चा पाउँदा भँगेरे अक्षरमा समाचार बनाउने नेपाली पत्रिकाले धुर्मुसको स्टार भ्यालुको अपमान गरे । यस्ता सन्दर्भ धेरै छन् । हाम्रा नेपाली नायिकाकै शौन्दर्य बेजोड छ । उनीहरुमा पहाडी माटोको सुगन्ध र शौन्दर्य छ । तर, नेपालका मुख्य ब्रोडसिट दैनिकमा दिनहुँ भारतीय नायिकाका बासी चर्चा र ठुला तस्वीर छापिने गर्छन् । एक दैनिकमा म रंग बिटमा काम गर्दा सम्पादकले नै मलाई भनेका थिए, ‘हिन्दी नायीकाको अली दामी फोटोवाला समाचार लेखौंै, यो नेपाली सामाग्री भरेर हुन्न ।’
नेपाली कलाकारले बनाएका फिल्म हिट भएर हलमा तिन सातासम्म लाग्दा पनि प्रमुख नेपाली मिडियाले समाचार बनाएनन् । जस्तो एक दैनिकमा काम गर्दा मैले ‘छ एकान छ’ले हलमा उधुम मच्चाइरहेको समाचार लेखेको थिएँ । त्यसबेला सलमान खानको चलचित्रलाई दिपकराज गिरीले मात खुवाइदिएका थिए । मैले समाचार लेखें, ‘सलमानभन्दा दिपक दमदार ।’ यसबारेमा दिपकराज गिरी र चलचित्रका वितरकसँग कुरा गरेर सामाग्री बनाएको थिएँ । तर पत्रिकाका कार्यकारी सम्पादकले त्यो समाचार रोके । उनले कसको स्वार्थमा रोके, किन रोके त्यो स्पष्ट थियो । मिका सिंहको कन्सर्टको समाचार राती १२ बजेसम्म भए पनि कुरेर हाल्न उर्दी दिइएको अनुभव पनि छ मसँग । अनी नेपाली शास्त्रीय गायक गुरुदेव कामतको एकल कन्सर्टको समाचार भने छाप्न मानीएन ।
यसपाली नेपालका ठुला दैनिक कान्तिपुर, अन्नपुर्ण पोस्ट र नागरिकले अक्षयकुमारलाई ‘भारतको प्रधानमन्त्री’ सरहको हैसियतमा महत्व दिनु ति पत्रिकाका सम्पादकहरुको दास मानसीकता नै हो । उनीहरुले नबुझेको तथ्य के हो भने उनीहरुको पत्रिका नेपालीले पढने हो । उनीहरुको पत्रिका भारतमा बिक्दैनन, भारतीयले पढ्दैनन् । नेपाली पाठकको सापेक्षतामा अक्षयकुमारकै हाराहारीमा राजेश हमाल र आर्यन सिग्देलहरु छन् । कँगना रानावत, प्रियंका चोपडा वा आलीया भट्टहरुकै हाराहारीमा हाम्रा प्रियंका कार्की, सुभेच्छा थापा र बिनिता बरालहरु छन् । लोकप्रियताका कसीमा धुर्मुस उनीहरुभन्दा धेरै माथि छन, नेपाली पाठकमाझ । त्यसैले भारतीय कलाकारलाई नेपाली कलाकारभन्दा हाइ भोलुममा मिडिया कभरेज गर्नुपर्ने बाध्यता पटक्कै छैन । यो त पत्रिकाका कारीन्दाहरुको दास मानसीकता हो । साँझपख डिनर र लन्चहरुमा कुनै दुतावासका अधिकारी मुसुक्क हाँस्दा मख्ख परेर उनीहरुकै चाकडी बजाउने यो घोर पराधिन मानसीकता हो । हैन भने यतिबेला पुर्व आइजीपीसँग प्रेम विवाह गर्ने तरखर गरिरहनु भएकी मिथिला शर्माको खबर मुख्य पृष्ठमा छापिनुपथ्र्यो । राजेश हमालले फेसबुकमार्फत पहिलो पटक आफ्नी प्रेमीकाको तस्वीर सार्वजनिक गरे । नेपाली दर्शकका लागि त्यो अर्को ब्रेकीङ न्युज थियो । तर ठुला दैनिकले त्यसलाई खासै महत्व दिएनन् । बरु अक्षयकुमारको फोटो आवश्यकताभन्दा ठुलो आकारमा छापेर सावित गरे, ‘हामीले सेवा गर्ने भनेको हाम्रा अन्नदाताकै हो । प्रभुलाई खुशी पार्ने नै हो ।’
अक्षयकुमारलाई राज्यले दिएको सुरक्षा अर्को आपत्तिजनक विषय हो । के उनी कुनै मुलुकका राष्ट्रपती हुन ? उनलाई त्यत्रो हाइ प्रंोटोकलको सुरक्षा किन ? यसअघि खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष हुँदा महानायक राजेश हमालले नेपालका सेलीब्रेटी कलाकारलाई त्रिभुवन विमानस्थलमा भिआइपी कक्षको छुट दिनुपर्ने माग राखेका थिए । नेपाली कलाकारको कुरा सुनीएन, हाम्रा महानायक राजेशको मागको उपेक्षा गरियो । अहिले आएर नेपाल सरकारले भारतीय कलाकारका लागि यत्रो सम्मान दियो । यसले आम नेपाली कलाकारको मनमा ठेस पुगेको छ । अतिथिको सत्कार र स्वागत गर्नुपर्छ । यसमा दुइमत छैन । तर त्यसको आफनै स्तर र हैसियत हुन्छ । हाम्रा नेपाली गायक उदीत नारायणको उचाई अक्षयकुमारको भन्दा धेरै माथि छ । उदीत भारतीय गायनमा मोहमद रफी, किशोर कुमारपछि स्थापीत भएका छन् । त्यत्रा महान गायक केही समय पहिले सिने अवार्डमा सहभागी हुन नेपाल आउँदा नेपाल सरकारले खासै वास्ता गरेन । यही हो बिडम्बना ।
अक्षयकुमारको गुलामी किन गर्ने ? जव थाहा भो की उनी हाम्रो विमानस्थलको बदनाम गर्न आएका रहेछन् । हाम्रो देशको छवी धुमील पार्न आउनेलाई हेर्न हामी किन आतुर ? हाम्रो भिड उनीतर्फ किन उर्लीएको ? यो पनि हाम्रो युगौदेखीको दास मानसीकताकै उपज हो । दास हुनमै रमाउने हामीलाई बानी परिसकेको छ । अक्षयकुमारजस्ता ‘खेलाडीओंका खेलाडी’लाई नेपाली विमानस्थलमा दुव्र्यबहार हुन्छ भनेर लाग्नु उनको नेपालीप्रतिको गलत सोच हो । यसले भारतीयहरु नेपालीलाई कुन हिसाबले हेर्छन् भन्ने स्पष्ट हुन्छ । नेपाली जातीको सदभाव, अतिथि स्वागत र स्नेहबारे उनमा ज्ञान नभएको देखिन्छ । नेपाली विमानस्थल उनले चित्रण गर्न खोजेजस्तो छैन । बरु, उनकै देशका कतिपय विमानस्थलमा यात्रुमाथि दुव्र्यवहार भएका समाचार आइरहन्छन् ।
सन् २००४ ताका भारत भ्रमणका गएका बेला बैंगलोर एयरपोर्टमा त्यहाँका अध्यागमनका कर्मचारीले मसँग दुव्यर्वहार गरेका थिए । रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलालगायत हामी केही पत्रकार साथी बैंगलोरबाट नेपाल फर्कदै थियौं । अध्यागमन कर्मचारीले मेरो नागरिकतामाथि प्रश्न उठाए । कारण थियो, मेरो पुरानो फोटो । नागरिकताको फोटो म १६ वर्षको हुँदा नागरिकता बनाउने प्रयोजनले नै ढाका टोपी लगाएर खिचेको थिएँ । त्यो फोटो र करीव २९ वर्षको उमेर टेकिसकेको मेरो अनुहार मिलेन । नमिल्नु स्वाभाविक थियो । किनकी, म फोटोमा दुब्लो थिएँ, बाहीर मोटो । अध्यागमनका कर्मचारीलाई मैले यो कुरा बताउँदा उनीहरुले पत्याएनन र मलाई आतंककारी झैं घुरेर शंकापुर्ण व्यवहार गर्न थाले । मेरो लगेजको अभद्र खानतलासी गर्न थाले । हुँदा हुँदा गाली गलौजको भाषा पनि प्रयोग गर्न थाले । पछि हामीलाई बिदा गर्न आएका भारतीय विदेश मन्त्रालयका अधिकारीले हाम्रो बारेमा बताएपछि बल्ल घर फर्कन पाइयो ।
बैंगलोरको यो सानो उदाहरण हो । भारतका विमानस्थलमा अन्य क्षेत्रमा पनि यसरी चेक जाँच गर्ने नाममा मानिसलाई अनावश्यक शंका गरेर दुःख दिने गरेको मैले सुनेको छु । बलीउड नायक अक्षयकुमारजीले आफ्नै देशका विमानस्थलमा हुने दुव्यर्वहारलाई चलचित्रमा उतार्न सक्थे । त्यसका लागि उनकै देशमा प्रशस्त मसला भेटीन्छन् । उनलाई नेपालकै विमानस्थल किन आउनु परेको थियो ? यसमा उनको या उनको चलचित्र युनीटको नियत के थियो ? नेपालको विमानस्थलको बदनाम गरेर चलचित्र बनाउन उनको युनिटलाई कसले उक्सायो ? यो हर्कतले नेपाल–भारतवीचको सम्बन्धमै खलल पु¥याउँछ भन्ने जान्दा जान्दै त्यसखाले सिक्वेन्स खिच्न नेपाल आउनुमा उनको नियत के थियो ? के उनी नेपाल र भारतवीचको सम्बन्धमा तनाव ल्याउन चाहन्थे ?
यस्ता प्रश्नहरु अहिले उब्जीएका छन् । धन्न उनलाई विमानस्थल प्रशासनले नेपालको बदनाम गर्ने दृश्य हटाएर मात्र छायांकन अनुमती दियो । यसबाट नेपाल र भारतको मित्रता चाहनेहरुको विजय भएको छ । हैन भने यही विषयले नेपालमा अर्को ‘ऋत्वीक रोशन काण्ड’ गराउन सक्थ्यो । नेपाल र भारतवीच तनाव बढोस भनेर चाहनेहरुले यो आगोमा घिउ छिड्कने थिए । यहींनेर म केही वर्षअघिको ‘ऋत्वीक रोशन काण्ड’को स्मरण गर्न चाहन्छु । त्यसबेला एउटा सनकी पत्रकारले चितवनतीरको पत्रिकामा ‘ऋत्वीक रोशनले नेपालीको अपमान ग¥यो’ भन्दै समाचार लेखेछ । त्यो अपुष्ट समाचारलाई लिएर केही कथित राष्ट्रवादीहरुले ऋत्वीकको पुत्ला जलाए । बलीउड नायकको पुत्ला नै जलेपछि राष्ट्रिय अखबारमा पनि समाचार आउने नै भयो । किन पुत्ला जलाएको त भन्दा उही अपुष्ट समाचारको हौवा चल्यो, ‘ऋत्तीकले नेपालीको अपमान गरे ।’
यो खबरलाई केही दैनिक पत्रिकाले मलजल गरे । मुलुकभर तनाव उत्पन्न भयो । कथित राष्ट्रवादी र मण्डलेहरुले यसलाई उछाले । मुलुकमा अराजक अवस्था उत्पन्न भयो । पछि मुम्बईबाट ऋत्वीकले नेपालीका नाममा सन्देश पठाउँदै आफुले त्यसो नभनेको भन्दै नेपाल र नेपालीलाई सम्मान गर्ने बताएपछि स्थिति साम्य भएको थियो ।
ऋत्वीक रोशन काण्डबाट किन अक्षयकुमारले पाठ सिकेनन ? कुनै मुलुकको अस्मीता, इज्जत र प्रतिश्ठामाथि आँच आउने काम गर्नु हुदैन भन्ने हेक्का उनले किन राखेनन ? किन उनले यो पटकथालाई स्वीकार गरे ? यो विषयलाई अब नेपाल र भारतका कुटनीतिक अधिकारीले पनि मनन गर्नुपर्छ । भारत र नेपालका कुटनीतिक अधिकारीहरुले दुबै देश विरोधी गतिविधि गर्न कसैलाई छुट दिनु हुदैन । नेपालको विमानस्थल सुधारको जिम्मा नेपालकै सरकारको हो, त्यो अक्षयकुमारहरुको चिन्ताको विषय हैन ।
अक्षयजीलाई मेरो विनम्र आग्रह छ, भारतमै धेरै विषय छन, जसका बारेमा यहाँहरु सिनेमा बनाउन सक्नुहुन्छ । मुम्बईका अग्ला अट्टालीका र अपार्टमेन्टको छेउमै रहेका दुर्गन्धीत र विभत्स झोपडपट्टीहरुका बारेमा यहाँहरुले चलचित्र बनाउनु भएन, आखिर विदेशी आएर ‘स्लमडग मिलेनीयर’ बनाइदिनुप¥यो । यस्ता विकृतीका विषयबस्तु यहाँहरुकै देशमा धेरै छन् । यदि नेपाली विषयवस्तुको बारेमा बनाउने हो भने हाम्रा प्राकृतिक शौन्दर्यका बारेमा बनाउनुस् न । हाम्रा हिमालको विराट शोन्दर्य र चमकको बारेमा बनाउनुस न । एरीक भ्यालीले आएर नेपालको विकट पहाडी क्षेत्रमा हुने भीर मौरीको महको शिकारका बारेमा ‘हनी हन्टीङ’ बनाए । क्याराभानले हाम्रो हिमाली क्षेत्रको जिवनलाई विश्वमाझ पु¥यायो ।
अक्षयजीहरुको दिमागमा नेपालमा खाली विकृती छ जस्तो लाग्छ । देवानन्द आएर नेपाल हिप्पी र हयासीस खाने, भ्रष्ट र मुर्तीचोरहरुको देश भनेर ‘हरेकृष्ण हरे राम बनाए’ । अब अहिले यहाँहरु हाम्रो विमानस्थलको खराबी चित्रण गर्न खोज्नुभयो । अनी यसैबेला ‘नेपालको टनकपुर भारतकै हो’ भन्ने प्रधानमन्त्री सुशील कोइराला नेपाली विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई सुम्पने चाँजो पाँजो मिलाउने गृहकार्यमा जुटनु भएको छ । कतै यो दुबै घटनाक्रममा कुनै साइनो त छैन ? शंका छ । हामीलाई अक्षय तृतीयाको सातु र सर्वत नै मिठो लाग्छ, अक्षयकुमारजीहरुले भाङ पिलाउनु जरुरी छैन । अनी उनको भाङमा नेपाली लठटीनु पनि जरुरी छैन । हामी चाहन्छौंं, नेपाल–भारत मैत्रीपुर्ण सम्बन्ध अमर रहोस् । यो सम्बन्ध जनजनमा सुमधुर रहोस् ।