Headlines News :
fb
Home » » बिराटनगरबाट भागे प्रकाश दाहाल र बिना

बिराटनगरबाट भागे प्रकाश दाहाल र बिना

राष्ट्रिय सम्मेलनमा प्रचण्डपुत्रको प्रतिनिधित्व खारेज -
१८ बैशाख, बिराटनगर । प्रचण्डपुत्र प्रकाश दाहाल र उनकी वैधता नपाएकी प्रेमिका बिना मगर राष्ट्रिय सम्मेलन छाडेर भागेका छन्। पार्टी हेडक्वाटरबाटै प्रतिनिधि मनोनित भएर बिराटनगर पुगेका प्रकाश र कञ्चनपुरकी बिना राष्ट्रिय सम्मेलनमा बस्न नपाउने भएपछि भागेका हुन् ।

आफ्ना पूर्वपति-पत्नीलाई छाडेर अनुचित यौन सम्बन्ध राखेको भन्दै आलोचना खेप्दै आएका मगर र दाहाल दुबैको प्रतिनिधित्वसम्बन्धी बैठकमा चर्को विवाद भएको थियो । सगरमाथा चढ्ने क्रममा झाँगिएको उनीहरुको गहिरो प्रेम अहिलेसम्म टुटेको छैन ।

प्रचण्डपुत्र प्रकाश दाहाललाई ठूला नेतासँगै स्वागतम होटलमा देखेपछि कार्यकर्ताले प्रश्न उठाएका थिए । अन्ततः उनीहरुको प्रतिनिधित्वमाथि नै प्रश्न उठेपछि दुबैले सम्मेलनस्थल छाडेका हुन् । सम्मेलनमा प्रचण्डपत्नी सीता दाहाल र छोरी रेणु दाहालको भने प्रतिनिधित्व छ ।

सीता एमाओवादीको सल्लाहकार हुन् भने काठमाडौं १ मा सभासदको चुनाव लडेकी रेणु काठमाडौंबाटै सम्मेलन प्रतिनिधि चुनिएकी हुन् । प्रकाश दाहालकी बैधानिक पत्नी सिर्जना त्रिपाठीले कास्की जिल्ला कमिटीमा चुनाव जितेकी छन् । तर, उनी राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनेकी छैनन् । बिना मगरले पनि दोस्रो संविधानसभामा कञ्चनपुरबाट संविधानसभाको चुनाव लडेकी थिइन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar