Headlines News :
fb
Home » , » इतिहासमा सबै भन्दा महंगा ८ दुर्घटना

इतिहासमा सबै भन्दा महंगा ८ दुर्घटना

गत मार्च ८ देखि वेपत्ता मलेसियन विमान अझै भेटिएको छैन । यस्को खोजिमा हाल सम्म अर्वौं डलर खर्च भैसकेको छ । यो इतिहासमै सबैभन्दा महंगो दुर्घटना र उद्धार प्रयास मध्ये एक सावित भएको छ । मलेसियाको क्वाललम्पुरबाट चीनको राजधानी बेइजिङ जाँदै गरेको २३९ जना सावार विमान आकाशबाटै हराएपछि दुनियाँ चकित परेको छ ।




























तर
मलेसियन विमान मात्र होइन यस अघि पनि मानव इतिहासमा निक्कै महंगा दुर्घटना भएका छन् । आउनुस् जानौं दुनियाँका सबै भन्दा महंगा ८ दुर्घटनाबारे ।
१ अमेरिकी बम्बर बी २ दुर्घटना
मितिः २३ फेव्रुअरी २००८ ।
दुर्घटनास्थलः गुआम, सैनिक अखडा अमेरिका ।
खर्चः १ दशमलव ४ अर्व डलर ।


यो दुर्घटना अमेरिकी सेनाको गुआम सैनिक अखडामा भएको थियो । उडान भरेको केह समयमै दुर्घटनामा परेको यो बम्बर जेट महंगो सावित भयो । यो सबै भन्दा महंगो दुर्घटना मध्ये एक मानिन्छ ।
२ युक्रेन आणविक दुर्घटना
मितिः २६ एप्रिल १९८६ ।
दुर्घटनास्थलः चेर्नबल युक्रेन ।
खर्चः २०० अर्व डलर ।


१९८६ को युक्रेनको आणविक दुर्घटनापनि दुनियाँका महंगा दुर्घटना मध्ये एक मानिन्छ । युक्रेन सोभियत संघमा रहँदै भएको यो दुर्घटना परमाणु उर्जा प्लान्ट पड्किएपछि भएको थियो ।
३ टाइटानिक जहाज दुर्घटना
मितिः १५ एप्रिल १९१२
दुर्घटनास्थलः उत्तरी आन्द्र महासागर
खर्चः १५० मिलियन डलर



टाइटानिक जहाज दुर्घटना पनि विश्वका सबै भन्दा चर्चित र महंगो दुर्घटना मध्ये एक हो । १५०० यात्रु बोकेर बेलायतको साउथम्टनबाट न्यूयोर्क तर्फ लागेको जहाज बरफको पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो ।
४ कोलम्बिया यान दुर्घटना
मितिः फेब्रुअरी २००३ ।
दुर्घटनास्थलः टेक्सास, अमेरिका ।
खर्चः १३ अर्व डलर ।

अमेरिकी अन्तरिक्ष अध्यन संस्था नासाको कोलम्बिया यान पृथ्वीमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । यो पनि निक्कै महंगो दुर्घटना मानिन्छ ।
५ च्यालेन्जर यान दुर्घटना
मितिः २८ जनवरी १९८६ ।
दुर्घटनास्थलः आन्द्र महासागर ।
खर्चः ४ दशमलव ५ अर्व डलर ।

अमेरिकी अन्तरिक्ष यान च्यालेन्जर उडान भरेको ७३ सेकेन्ड पछि समुन्द्रमा खसेको थियो । यसका टुक्रा आन्द्र महासागरमा खसेका थिए । यो दुर्घटना पनि इतिहासकै महंगो दुर्घटना मध्ये एक हो ।
६ जर्मनी ट्याङ्कर दुर्घटना
मितिः २६ अगस्ट २००४
खर्चः ३५८ मिलियन डलर


३२००० लिटर तेल बोकेको एक ट्याङ्कर जर्मनीको बैहलटल पुलमा दुर्घटना हुँदा ठुलो नोक्सानी भएको थियो । पुलको रेलिङमा ट्याङ्कर ठोकिएपछि यो दुर्घटना भएको थियो ।
७ अमेरिका मेट्रो रेल दुर्घटना
मितिः १२ सेप्टेम्बर २००८ ।
स्थानः लस एन्जेलिस,  अमेरिका ।
खर्चः ५०० मिलियन डलर


उक्त दुर्घटना लस एन्जेलिसको मेट्रो ट्रेन अर्को रेलसँग जुधेपछि भएको थियो । २५ जनाको मृत्यु भएको यो दुर्घटना पनि महंगो मध्ये एक मानिन्छ ।
८ अलास्का तेल ट्याङ्कर दुर्घटना
मितिः २४ मार्च १९८९
दुर्घटनास्थल अलास्का अमेरिका ।
खर्चः २ दशमलव ५ अर्व डलर


एक तेल बोकेको ट्याङ्कर जहाज ठोक्किएर दुर्घटनामा परेको थियो । १० दशमलव ८ मिलियन ग्यालेन तेल समुन्द्रमा पोखिने गरी भएको यो दुर्घटना पनि महंगा दुर्घटना मध्ये एक थियो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar