वैशाख २४ – सडक अवरुद्ध गरी सवारी साधनमा आगजनी गरेको अभियोगमा १९ जना बिरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।
तोडफोड आगजनीमा संलग्न १९ जना विरुद्ध आगजनी र केही सार्वजनिक ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको हो ।
मंगलबार मोरङको पथरीमा सुकुम्बासीहरुले भोग चलन गरेको जग्गाको लालपूर्जा माग गर्दै सडक अबरुद्ध गरेका थिए । सडक खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबिच झडप समेत भएको थियो ।
बन्दकर्ताले हानेको ढुङ्गाले लागेर २२ जना प्रहरी घाइते भएका थिए आगजनीबाट २ वटा ट्रक, दुईवटा बस जलेको थियो । मुद्दा लागेका १९ जनामध्ये १० जनामात्र पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।