Headlines News :
fb
Home » » एमालेका दुई नेताबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ

एमालेका दुई नेताबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ

दाङ, वैशाख २७ – पार्टीको नयाँ नेतृत्वको विषयलाई लिएर नेकपा एमालेका दुई जना नेताबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ भएको छ । दाङको घोराहीमा भएको कार्यक्रममा एमाले सचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य प्रकाश ज्वालबीच बाझाबाझ भएको हो

पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले सबैलाई मिलाउन सक्ने माधवकुमार नेपालको नेतृत्व हुनुपर्ने बताएपछि साचिव शंकर पोखरेलले माधवकुमार नेपाल अब कदापी अध्यक्ष बन्न नसक्ने र अब एक मात्र बिकल्प केपी ओली रहेको बताउनुभएको थियो ।

 माधवकुमार नेपाल धेरै पटक कार्यकारी प्रमुख भइसकेकाले अव फेरी त्यो अवसर नआउने पोखरेलको दावी छ । अबको अध्यक्षको दाबेदार संसदीय दलका नेता केपी ओली, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल मात्रै रहेको सचिव पोखरेलको भनाइ छ ।

 नेता ज्वालाले गुट उपगुट भन्दा पनि सक्षम र सबैलाई मिलाएर लान सक्ने व्यक्ति अध्यक्ष हुनुपर्ने बताए लगत्तै सचिव पोखरेलले अनावश्यक प्रशिक्षण दिएर पार्टीलाई एक हुन नदिने काम गरेको भन्दै ज्वालाप्रति कटाक्ष गर्नुभयो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar