Headlines News :
fb
Home » » जेठदेखि लोडसेडिङ २ घन्टा कम, नार्गाजुन दरबारको लाइन काटिने

जेठदेखि लोडसेडिङ २ घन्टा कम, नार्गाजुन दरबारको लाइन काटिने

२८ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जेठको पहिलो सातादेखि लोडसेडिङ २ घन्टा घटाउने भएको छ । अघोषित रुपमा दैनिक २ घन्टाका दरले लोडसेडिङ कम गरिरहेको र यसलाई घोषित रुप जेठको पहिलो सातामा दिने तयारी भइरहेको प्राधिकरण भारप्रेषण केन्द्रका प्रबन्धक भुवन क्षेत्रीले बताए । क्षेत्रीले भने ‘नदीमा पानीको बहाब बढ्दै गएकाले लोडसेडिङ घटाउने निर्णय गर्न लागिएको हो ।’ जेठको पहिलो सातादेखि दैनिक ७० घन्टा लोडसेडिङ गर्ने तयारीमा प्राधिकरण रहेको बताइन्छ । प्राधिकरणले हप्ताको ८४ घन्टा लोडसेडिङ गर्दे आएको छ ।

 औद्योगिक क्षेत्रमा भने सातामा ९८ घन्टा लोडसेडिङ हुँदै आएको अभियान दैनिकमा खबर छ । नागार्जुन दरबारको लाइन काटिँदै पूर्वराजा ज्ञानेन्द्रले उपयोग गर्दै आएको नागार्जुन दरबारले विगत सात वर्षदेखि विद्युत महशुल नबुझाएपछि विद्युत प्राधिकरणले लाइन काट्ने भएको छ । सात वर्षदेखिको बक्यौता रकम झन्डै ६० लाखभन्दा बढी भएको प्राधिकरणले जनाएको छ ।

पटक-पटक बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि तिर्ने कुनै छाँटकाँट नदेखेपछि विद्युतको लाइन काट्न लागेको विद्युत प्राधिकरणको कुलेश्वर शाखाले जनाएको आर्थिक दैनिकमा खबर छ । तर, विद्युत महशुल बुझाउनबाट ज्ञानेन्द्र पन्छिएपछि प्राधिकरणले रकम महसुल असुल्ने निकाय पाउन सकेको छैन् । साथै, विद्युत प्राधिकरणले भने हालसम्म नागार्जुन दरबारको महशुल तिर्ने आधिकारिक निकाय पाउन सकेको छैन् । -
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar