नवलपरासी: नवलपरासीको प्रसौनीमा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । पश्चिमबाट पूर्व आउंदै गरेको उदय युवा क्लबले सञ्चालन गरेको लु १ च ३९०७ नम्बरको एम्बुलेन्स टायर पन्चर भएर अनियन्त्रित भई पल्टदा एम्बुलेन्समा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यू हुनेमा नवलपरासीको गुठीसूर्यपुरा २ निवासी ९ बर्षिय सुरज हरिजन र सोहि स्थानका ५० बर्षिय बल्टु हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक हजुरवुवा र नाति हुन् । त्यसैगरि घाइते हुनेमा दाउन्ने बस्ने २७ बर्षिय एम्वुलेन्स चालक सुबास बुढाथोकी , सुर्यपुरा २ बस्ने २० बषिर्य रिना हरिजन आनन्द जिसी घाईते भएका छन् । घाईते को पुरानो मेडिकल भरतपुरमा उपचार भईरहेको छ । मोटरसाईकलले ठक्कर दिएका वालक हरीजन लाई उपचारको लागी भरतपुर लैजानेक्रममा एम्वुलेन्स दुर्घटना भएको हो।