Headlines News :
fb
Home » , » मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै पतिले जिउँदै जलाएपछि…

मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै पतिले जिउँदै जलाएपछि…

बाँके, २३ वैशाख । मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै बाँकेकी एक गर्भवती महिलालाई उनकै पतिले जलाएर मार्ने प्रयास गरेका छन् । शरीरको तल्लो भाग पुरै जलेकी लक्ष्मणपुर ८ मियापुरवाकी रिहाना सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्‍याएर घटना गुपचुप पारिएको थियो।
चैत ३ को घटना डेढ महिनापछि आइतबार मात्र सार्वजनिक भएको छ। रिहानाको कम्मरमुनिको भाग पूरै जलेको छ । तल्लो भाग चल्दैन। घाउ पाकेर पिप र रगत बग्न थालेको छ । उनलाई सोमबार विभिन्न संघसंस्थाको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको छ ।
छोरी भेट्न बहराइच पुगेका रिहानाका पिता हिरमिनिया  ८ अपहरपुरवाका मोहम्मद समिम सेख ढपालीले वैशाख ८ गते नै गम्भीर घाइते छोरीलाई नेपालगञ्ज ल्याएर भेरी अञ्चल अस्पताल भर्ना गरेका थिए ।
उपचारमा आर्थिक अभाव भएपछि उनले आइतबार इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जमा सहयोगको याचना मागेका थिए। त्यसपछि मात्र घटना सार्वजनिक भएको हो ।
-नागरिक
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar