
जहाँ पिटबुल प्रजातिको एक कुकुरले उसलाई देखेर टोक्न सुरु गर्यो । कुकुरले यस बालकको आँखा र चिउडोको भाग वरपर नराम्रोसंग काटि दिएको छ ।
बालकको यस्तो हालत देखेर उसलाई अस्पताल लगियो । अस्पतालमा लगेपछि डाक्टरले आँखामा निकै गहिरो चोट भएका कारण सर्जरी गर्नुपर्ने बताए ।
बालकको यस अवस्थाबारे यो घटना अदालतमा सम्म गयो । ऐरिजोना स्थित फीनिक्स मेरिकोपा काउण्टी शेरिफ जो आरपायो अदालतले कुकुरलाई बालकको यस्तो अवस्था बनाएको अपराधमा जन्मकैदको सजाँय सुनाएको छ ।
अदालतका अनुसार कुकुरलाई जेलमा एक अलग सेल्टरमा जीवनभर राखिनेछ । तर यो घटना बाहिर सञ्चार माध्यममा आउदा कयौ मानिसले इन्टरनेटको मद्दतबाट कुकुरलाई सुनाइएको सजाँय विरुद्ध आवाज उठाइ रहेका छन् ।

एरिजोनाको एनिमल राइट्स एक्टिविस्टले पनि कुकुरको बचाउका लागि मद्दत मागेको छ । ( एजेन्सीको सहयोगमा )