ब्राजिलको सओपाउलो राज्यको एरारोज गाउँका बासिन्दाहरु घामले पग्लिन थालेका छन् । सूर्यको विकिरणका कारण मानिसहरुको छालामा गम्भीर समस्याहरु देखा परेको छ, जसलाई जिरोडोमा पिग्मेन्टोसम एक्सपी भनिन्छ । मानिसहरुमा छालाको क्यान्सर देखिएको छ तर, घामका कारण उपचार गर्न सकिएको छैन । उनीहरुको छाला रातो भएको छ र छिद्र पर्दै गएको छ । यो गाउँमा झण्डै आठ सय घर परिवार बस्छन् ।
जहाँ २० भन्दा बढीमा यो समस्या देखिएको छ । गाउँका अधिकांशको परिवार खेतिकिसानी गर्छन, जसका लागि उनीहरुले घर बाहिर जानु पर्ने हुन्छ । धेरैलाई घन्टौंसम्म घाम बसेर काम गर्नु पर्ने बाध्यता छ । ३८ वर्षका जाल्मा एन्टोनियो जार्डम एक्सपी पीडित मध्येका एक हुन् । उनी भन्छन्-खेलवारीमा धान काट्ने, रोप्ने काम गर्न मसँधै घाममा हुन्छु । जति समय वित्दै गएको छ, मेरो अवस्था नाजुक भएको छ ।’ उनी ९ वर्षको हुँदा एक्सपीको समस्या देखिएको थियो, जुन अहिले उनको अनुहार भरी फैलिएको छ । उनले यसबाट बच्न ५० भन्दा बढी सर्जरी गरिसके । एक्सपीले छाला खराब बनाउने मात्र होइन, केहीको मांशपेशीलाई खुम्च्याउने वा फुलाउने गरेर कुरुप बनाएको छ ।