Headlines News :
fb
Home » » सिद्धार्थ गौतम यसरी बुद्ध भए

सिद्धार्थ गौतम यसरी बुद्ध भए

काठमाडौं, वैशाख ३१ - आज बुद्ध जयन्ती, अहिंसाका प्रतीक गौतम बुद्धको स्मरण गर्दै बिभिन्न कार्यक्रमका साथ मनाईंदैछ ।
नेपालको लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थ बोधगयामा ज्ञान प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वभर प्रख्यात भएका थिए ।
जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण जस्ता तीनवटा महान घटना बैशाख शुक्ल पूर्णिमाको दिन नै भएकाले यो दिनलाई बुद्धका जीवनको अपूर्व संयोगका रुपमा पनि लिइन्छ । गौतम बुद्ध एसियाका ज्योतिका रुपमा प्रसिद्ध छन् ।
गौतम बुद्धद्वारा प्रतिपादित धर्म र उपदेशहरु नेपालका साथै भारत, चीन, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका बिभिन्न देशमा बुद्धधर्मका रुपमा विस्तार भएका छन् । बुद्धजयन्तीका अवसरमा बुद्ध जयन्तीका दिन देशका बिभिन्न बौद्धविहार, मठ र गुम्बाहरुमा विशेष कार्यक्रम हुँदैछन् । लुम्बिनी र काठमाडौंको स्वयम्भूमा बिहानैदेखि विशेष मेला लागेको छ ।
बुद्धका शिक्षा
सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवतीसँग विवाह भएको थियो। यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो । गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ ।
बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो । दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे। उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो। यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राती सुटुक्क दरवार छोडेर निस्किए ।
बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ । बुद्धत्त्व प्राप्त गरिसकेपछि बैशाख शुक्ल पूर्णिमाको दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए। यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ । बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए। विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ। बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न्।
बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:
१ दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
२ दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
३ दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
४ दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।
धार्मिक सिद्धान्त
१‍‍ बुद्धम् शरणम् गच्छामि = ज्ञानको शरणमा जान्छु।
२  धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु।
३  संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar