२ जेठ, काठमाडौं । भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टी विजयी भएको छ । यससँगै नरेन्द्र मोदी भारतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । बीजेपीका नेता कार्यकर्ताले खुसीयाली मनाउन थालेका छन् भने कांग्रेसले हार स्वीकार गरेको छ । अन्तिम चरणमा पुगेको मतगणनामा बीजेपीले २ सय ४७ सिट जितेको छ भने ३४ सिटमा अग्रता लिएको छ । यो अग्रता कायम रहने हो भने बीजेपीले प्रष्ट बहुमत ल्याउनेछ । भारतमा पछिल्लो ३० वर्षमा कुनै पनि एउटै दलले बहुमत ल्याउन सकेको छैन । बीजेपी नेतृत्वको एनडीए गठवन्धनले कुल २७९ सिट जितेको छ भने ५७ सिटमा अग्रता लिइरहेको छ । सत्तारुढ कांग्रेसले नराम्रो होर व्यहोरेको छ । कांग्रेसले ३८ सिट जितेको छ । ८ सिटमा अग्रता छ । कांग्रेस नेतृत्वको यूपीए गठनले कुल ४८ सिट जितेको छ ।
११ सिटमा अग्रता छ । गठवन्धनमा संलग्न लालू यादवको आरजेठीले तीन सिट जितेको छ । अरविन्द केजरीवाल नेतृत्वको आम अदमी पार्टीले चार सिट मात्र जितेको छ । मोदीविरुद्ध बाराणसीमा उम्मेदवारी दिएका केजरीवाल हारेका छन् । जयललिताको एआईडीएमकेले ३६ सिट जितेको छ भने ममत बेनर्जीको त्रिणमुल कांग्रेसले ३४ सिटमा जित हात पारेको छ । मुलायम सिंहको एसपीले चार सिट जितेको छद्ध भने एक सिटमा अग्रता छ ।
७ अपि्रलबाट सुरु भएर १२ मेसम्म नौं चरणमा सम्पन्न निवर्पाचनमा ५१ करोडबढी भारतीय मतदानले आफ्नो मताधिकार प्रयोग गरेका छन् । भारतको चुनाव आयोगका अनुसार यो पटक सबैभन्दा धेरै ६६.४ प्रतिशत मतदान भएको छ । १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भएको ६४ प्रतिशत मतदानको रेकर्ड समेत तोडिएको छ । यो चुनावमा कुल मतदाता ८१ करोडभन्दा बढी थिए, जुन युरोपेली संघको कुल जनसंख्याभन्दा बढी हो । यो पटकको निर्वाचनमा सबै उम्मेदवारलाई अस्वीकार गर्ने विकल्प समेत दिइएको थियो ।