गुल्मी, बैशाख १८ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आज ठुलो परिणममा घरेलु मदिरा र त्यसको कच्चा पदार्थ नष्ट गरेको छ ।
हिजो बुधवार सदरमुकाम तम्घासका केहि स्थानमा छापा मारी प्रहरीले वरामत गरेको मदिरा आज पत्रकार, राजनैतिक दल र उद्योग वाणिज्य संघको रोहवरमा प्रहरी परिसरमा खाडल खनेर नष्ट गरिएको हो ।
१ सय ५० लिटर मदिरा र ९ सय किलो कच्चा पदार्थ हिजो केहि घरमा गरिएको अप्रेशनबाट वरामद गरेर नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताउनु भयो । उता रिडी ईलाका प्रहरी कार्यालले पनि करिव डेढ सय लिटर मदिरा वरामद गरेको लम्सालले जानकारी दिनु भयो । तम्घासमा वषौं देखि चिनी र विशेषतः भेली ( गुँडजन्य ) पदार्थ प्रयोग गरेर एकचोटी बनाईएको अन्नको जाँडबाट दर्जनौ पटक मदिरा उत्पादन गर्दै उपभोक्त ठग्ने गरिदै आएको छ । त्यस्तो मदिरालाई कोदाको हो भन्दै चर्को मुल्य लिएर उपभोक्ता ठग्ने गरिएको हो । तम्घासका अधिकांस होटल र कतिपय चिया पसलमा समेत घरेलु मदिर बेच्ने गरिन्छ ।
एक समय तम्घासकी भेली वजार ? भन्ने प्रश्न उब्जीने समेत गरिएको थियो तर अहिले भेली भन्दा पनि अझ विषदीजन्य कच्चा पदार्धहरु मिसावट गरी मदिरा उत्पादन गर्ने गरिएको पाईएको छ ।
यस्तो उत्पादनलाई अव अभियानका रुपममा धमाधम छापा मारेर वरामद गरिने प्रहरी प्रमुख लम्साल चेतावनी दिनु भयो । मदिरा नष्ट गर्न सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्ति, प्रहरी नायव उपरिक्षक लम्साल, नेपाली कांग्रेसका सचिव विष्णु वलाल, नेकपा एमालेका सचिवालय सदस्य हिरा एसी, एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य अशोक थापा , गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अहिलेश्वरप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल प्रहरी निरक्षकद्धयः राजेन्द्रप्रसाद श्रेष्ठ र निशान्त श्रीवास्तव लगायत सहभागि हुनुहुन्थ्यो ।
वरामद गरिएको मदिरा र कच्च पदार्थहरुको हेरौं केहि तस्वीरहरु: