Headlines News :
fb
Home » » आँखालाई कसरी आकर्षण बनाउने ?

आँखालाई कसरी आकर्षण बनाउने ?

आँखा शरीरको यस्तो भाग हो, जहाँ मानिसको पहिलो ध्यान पुग्छ। हरेक युवतीलाई आफ्नो आँखालाई नाटकीय र आकर्षक बनाई सबैको ध्यान आफूतिर तान्ने रहर हुन्छ। आँखालाई आकर्षक बनाउन आई लाइनर महिलाको प्रिय सौन्दर्य सामग्री हो। आई लाइनर लगाउनुलाई प्राय: सामान्य ठानिन्छ। तर, यसलाई प्रयोग गर्नचाहिँ कुशलता चाहिन्छ। यसलाई चाहेजसरी लगाउन सकिन्छ तर आकर्षक बनाउन केही ध्यान भने अवश्य दिनुपर्छ। आई लाइनर लगाउने केही उपाय यस्ता छन् :

उडाउने : क्याटी आई बनाउने हो भने पहिले माथिल्लो परेलामा र पछि तल्लो परेलामा मोटो आई लाइनर लगाउने। आँखाको बाहिरी कुनाबाट यसलाई उडाइदिने। यो शैली नाटकीय लाग्नुका साथै धेरै बोल्ड र कोमल देखिन्छ।

फैलाउने : लाइनर लगाएपछि यसलाई फैलाउनु अहिलेको फेसन शैली बनेको छ। दुवै परेलामा सधैंजसरी लाइनर लगाउने र यसलाई हल्कासँग फैलाउने। विशेष रूपमा माथिल्लो
परेलाको किनारा र तल्लो परेलामा धेरै प्राकृतिक या नाटकीय देखाउन गहिरो रङको आइस्याडो प्रयोग गर्नुपर्छ। यसलाई फैलिएको लाइनरसँग मिलाउनुपर्छ।

३६० डिग्रीमा घुमाउने : यो आइलाइनर लगाउने सबैभन्दा सजिलो तरिका हो। आँखाको चारैतिर समान रूपले लगाउनुपर्छ। क्याजुअल मेकअप र रातिको पार्टीका लागि यो तरिका उपयुक्त मानिन्छ।

विपरीत मेल : अहिले विपरीत रङ मिलाएर कन्ट्रास्ट आइलाइनर फेसनमा छ। हल्का रङको स्याडो परेलादेखि आँखीभौंको हड्डीसम्म लगाउनुपर्छ। यसपछि जसरी लाइनर लगाउने रुचि छ, त्यसरी नै लगाउने। अब आफ्नो अनुहारमा आएको फरक आफैं महसुस गर्न सकिन्छ।

आँखामा रङ लगाउने : रङ हरेक चीजमा वा श्रेणीमा महत्त्वपूर्ण हुन्छ। मेकअपमा त यसको भूमिका झन् महत्त्वपूर्ण हुन्छ। कालो आइलाइनरको माथि अन्य रङको लाइनर लगाउनु फेसन ट्रेन्ड हो। आफूले लगाएको पहिरनको रङसुहाउँदो लाइनर लगाएर आफूलाई फरक देखाउन सकिन्छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar