काठमाडौ, वैशाख १९ - मिस नेपालको उपाधि सुविन लिम्बुले जितेकी छन् । १८ प्रतिस्पर्धीलाई उछिन्दै उनी उत्कृष्ट चुनिएकी हुन् । प्रमुख निर्णायक रुक्मांगत कटवालले सोधेको प्रश्नमा दिएको जवाफको आधारमा उनी मिस नेपाल चुनिएकी हुन् । प्रतियोगितामा प्रनयना केसी मिस पर्सनालिटी, सोनीराज भण्डारी मिस नेपाल ईन्टरनेशनल र प्रिन्सा श्रेष्ठ मिस नेपाल अर्थ चुनिएका छन् ।
मिस फोटोजेनिक सोनी राजभणरी, मिस ट्यालेन्ट लाक्पा तामाङ, मिस कम्प्लेक्स्न पि्रन्सा श्रेष्ठ, मिस व्युटीफूल हेयर रश्मी अधिकारी घोषित भए ।
सुविनसहित पि्रन्सा, सोनी, आस्था पोखरेल र प्रनयना टप ५ मा छनौट भएका थिए ।